क्यान्सर पिडित बहिनीको जीवन बचाई दिन चन्द्रकला राईको अनुरोध

लक्ष्मी दर्नाल सुनसरी असोज २९

आर्थिक अभावका कारण मेनोलोमा रोगबाट पिडित कल्पना राईको उपचारमा समस्या भएको छ । धरान–१७ नमस्ते चौकमा बस्दै आएकी ३० वर्षिया राईको ६ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । अहिले सम्म चर्को ब्याजदरमा ऋण काढेर आफ्नो उपचार गराइरहेकी राईको हालसम्म ७ लाख रुपैंया भन्दा बढी खर्च भईसकेको उनले बताईन् ।

धरानमा शनिवार पत्रकार भेटघाटमा उनले १० वर्ष अघि हातमा सानो कोठी निस्केको र पछि गएर त्यही कोठी बढ्दै गएको बताईन् । कोठी बढ्दै गएर काखीमा पनि मासु पलाएपछि उनको अपरेसन पनि भएको थियो । सोही ठांउमा फेरि पनि मासु पलाएर समस्या निम्त्याएपछि उनले हालसम्म ६ पटकसम्म अपरेसन पनि गराईन् ।

अपरेसन गरेर उनी बैदेशिक रोजगारका लागि जोर्डन पुगिन र उनी त्यहाँ पुगेको ७ महिना नवित्दै फेरि नेपाल फर्किन् । आफुलाई हातको समस्याले पिरोलीएका कारणले गत बैशाख महिनामा उनी नेपाल नेपाल फर्किएकी थिईन् । उनले भनिन्–‘नेपाल फर्केपछि पहिला जस्तै हातदेखि काखीसम्म भारी हुने गर्दथ्यो । पाँच महिनाअघि चेकअप गराउदा क्यान्सर भएको थाहा भयो ।’ डाक्टरले हालसम्म उनलाई किमोथेरापी गराउदै आएका छन् ।

महिनामा दुई पटक उनले किमोथेरापी गराउनुपर्दछ र एकपटक किमोथेरापी गराएको मात्रै ४५ हजार खर्च लाग्ने गरेको उनले बताईन् । उनले भनिन–‘डाक्टरले यतिनै खर्च लाग्छ भनेर भन्नुभएको छैन् । मैले अहिलेसम्म औषधी र किमोथेरापी गराईरहेको छु ।

श्रीमानको घर ईनरुवा भएपनि आफु माईत बस्दै आएको छु । श्रीमानको कमाई पनि खासै नभएकोले मेनोलोमा रोगबाट गुज्रिरहेको छु ।’ कल्पनाका दिदी चन्द्रकला राईले बहिनीको जिवन बचाइदिन सबैले आर्थिक रुपमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । उनले मोवाईल नम्बर ९८०४०१५९५९ मा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेकी छिन् ।

 

प्रकाशित २९ असोज २०७४, आईतबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *