रिफ्लेक्ट सर्कलका महिलाले बनाए ओतलाग्ने टहरा

समताखबर
  ७ कार्तिक २०७४, मंगलवार ११:१५

सम विकास केन्द्र नेपालले डोटीमा स्थानीय अधिकार कार्यक्रम संचालन गरेको छ । एक्शनएड नेपालसंगको साझेदारीमा तीन बर्ष अघिदेखी डोटीका दुई नगरपालिका र एक गाउँपालिकामा कार्यक्रम संचालन गर्दै आएको छ ।

दिपायल सिलगढी नगरपालिकाको वडा नं.४ दिपायल,पिपल्ला र राजपुर वडा नं.५ धामीगाउँ,लेकठाँटा,बागठाँटा वडा नं.७ पाकरी,कोईरेली,शिखर नगरपालिका वडा नं.१ कपल्लेकी,वडा नं.२ मुडेगाउँ वडा नं.३ र ४ मुडभरा र केआईसिंह गाउँपालिका वडा नं.४ दुर्गामाण्डौं वडा नं.६ र ७ भुमिराजमाण्डौंमा कार्यक्रम संचालन हुदै आएको छ ।

स्थानिय अधिकार कार्यक्रम अन्र्तगत कार्यक्षेत्रमा २४ वटा रिफ्लेक्ट सर्कल (जनमुखि शिक्षा) गठन गरिएको छ ।
मुडेगाउँ ३,कपल्लेकी ३,मुडभरा ३,भुमिराजमाण्डौं ३,दुर्गामाण्डौं ३ र दिपायल सिलगढी नगरपालिका ४ दिपायल,राजपुर ३,दिपायल सिलगढी नरपालिका ४ धामीगाँउ,बागठाँटा,लेकठाँटा ३ र दिपायल सिलगढी नगरपालिका ७ पाकरी ३ गरी जम्मा २४ वटा रहेका छन् । सर्कलमा दलित महिला २८८ र अन्य महिला ३३५ गरी जम्मा ६ सय २३ महिला आबद्ध छन् ।

मुडेगाउँमा निर्माण गरिएको टहरा

सर्कल हरेक हप्ताको एक पटक गरि महिनामा चार पटक संचालन हुन्छ । सर्कल संचालन गर्न सहजकर्ताको ब्यवस्था पनि गरिएको छ । सर्कलमा गाउँका दलित र अन्य महिलाहरु आबद्ध छन् । सर्कल संचालन हुने दिन गाउँभरीका महिलाहरु घरको काम समयमै भ्याएर जम्मा हुन्छन् । गाउँका बिभिन्न समस्याहरु बारे छलफल गर्ने गर्छन् । जातिय बिभेद्,छाउपडि प्रथा,बालबिवाह,लैंगिक बिभेद्,महिलाहरुमाथि हुने घरेलु हिंसा र महिलाहरुको हक,अधिकारका बारेमा छलफल हुन्छ । खानेपानी,स्वास्थ्य सरसरफाई,सुरक्षित प्रसुती केन्द्र,सडक सुबिधा,पहिरो नियन्त्रण,सुरक्षित बिद्यालय क्षेत्र पनि उनिहरुको प्रमुख छलफलको बिषय बन्ने गरेको छ ।

छलफलपछि सहजकर्ताको सहजिकरणमा गाउँका समस्या पहिचान गरि समस्या समाधानका लागि कार्ययोजना तयार पार्छन् । कार्ययोजना अनुसार बिभिन्न अभियानहरु संचालन गर्नका लागि गाउँ परिषद् र सम विकास केन्द्र नेपालमा योजना पेश गर्छन् । पेश गरिएको योजना अनुसार गाउँ परिषद्ले बजेट बिनियोजन गर्ने गरेको छ । स्थानिय अधिकार कार्यक्रमले पनि अभियान संचालनका लागि कार्यक्रम स्विकृत गरि आर्थिक सहयोग गर्ने गरेको छ । स्थानिय अधिकार कार्यक्रमले पनि अभियान संचालनका लागि आर्थिक रकम सहयोग गर्ने गरेको छ । रिफ्लेक्ट सर्कलका महिलाहरुले संचालन गरेका अभियानहरुले गाउँको मुहार फेरेको छ । खानेपानीको समस्या समाधान,गाउँघर क्लिनिकको स्थापना र स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको ब्यवस्था गर्न सफल भएका छन् ।

कपल्लेकीमा निर्माण गरिएको टहरा

सर्कलले हरेक बर्ष अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस,समाबेशी तिज कार्यक्रम लगायतका बिभिन्न दिवसहरु पनि आयोजना गर्दै आएका छन् । बिगतका दिनमा चुल्होचौकामै सिमिति रहेका महिलाहरुको जीवनशैलीमा समेत निकै परिवर्तन आएको छ । रिफ्लेक्ट सर्कलमा आबद्ध महिलाहरुलाई स्थानिय अधिकार कार्यक्रमले तीन चरणको नेतृत्व सिप विकास तालिम पनि उपलब्ध गराएको छ । नेतृत्व सिप विकास तालिमले उनिहरुको क्षमता विकास गरेको छ । तालिम पश्चात क्षमता विकास भएका महिलाहरु अहिले राज्यका हरेक समूह,समितिको नेतृत्व पनि गरि रहेका छन् । अधिकांस महिलाहरु सामुदायिक बन उपभोक्ता समिति,बिद्यालय ब्यवस्थापन समिति,शिक्षा सरोकार समिति,शिक्षक अभिभावक संघ,स्वास्थ्य ब्यवस्थापन समिति,वडा नागरिक मंच,नागरिक सचेतना केन्द्र लगाएतका बिभिन्न समूह,समितिमा आबद्ध छन् ।

कपल्लेकी तल्लीगुममा निर्माण गरिएको टहरा

रिफ्लेक्ट सर्कलले धेरैलाई नेता समेत जन्माइ सकेको छ । स्थानीय तहको निर्वाचनमा रिफ्लेक्ट सर्कलका अधिकांस महिलाहरुले नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओबादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका समेत दिएका थिए । दलित महिला वडा सदस्य,महिला वडा सदस्यमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएकाहरुमध्ये अधिकांसले निर्वाचनमा बिजय भएका छन् । महिलाहरुका लागि रिफ्लेक्ट सर्कल निकै प्रभावकारी बनेपछि अहिले उनिहरु धमाधम रिफलेक्ट टहरा निर्माण गर्न थालेका छन ।

रिफ्लेक्ट सर्कल हरेक हप्ता नियमित रुपमा संचालन गरिन्छ । हरेक सर्कलमा सहजकर्ताको ब्यवस्था गरिएको छ । यसअघि सर्कलको आफ्नै टहरा नहुदा सबैलाई पायक पर्ने गरि अर्काको घरआँगन,खेतपाखा र पिपलबोटको छहारीमा संचालन हुदै आएको थियो । बैशाख,जेठको चर्को गर्मि वा पुष,माघको ठण्डिको पर्वा नगरी सर्कल नियमित संचालन हुने गरेको थियो । सर्कल संचालन भईरहदा महिलाहरु कयौं पटक निथु्रक्क भिजेका छन् । भने ठण्डिले थरथर कापेका छन् । निथ्रुक्क भिज्न र थरथर काप्नबाट बच्नका लागि रिफ्लेक्ट सर्कल संचालन गर्ने सार्बजनिक स्थानको छनौट गरि उनिहरुले आफ्नै घरटहराको महसुस गरि अहिले आफै टहरा निर्माणमा जुटेका हुन् । टहरा निर्माणका लागि पुरुषहरुले उनिहरुलाई सहयोग गरिरहेका छन् ।

टहरा निर्माणका लागि स्थानीय अधिकार कार्यक्रमले आर्थिक सहयोग गर्दै आएको कार्यक्रम प्रबन्धक महेश परियारले जानकारी गराए । कार्यक्रम प्रबन्धक परियारका अनुसार रिफ्लेक्ट सर्कल गाउँको समग्र विकासका लागि निकै प्रभावकारी बन्दै गएपछि महिलाहरुले सधैका लागि आफ्नै टहरा निर्माणको महसुस गरी सहयोगको माग गरेपछि टहरा निर्माण गर्न सहयोग गरिएको हो ।

दि.सि.न.पा.मा निर्माण गरिएका टहरा

टहरा निर्माणका लागि स्थानीय अधिकार कार्यक्रमले १८ वटा रिफ्लेक्ट सर्कललाई प्रति टहरा १० हजार रुपैयाँ सहयोग गरेको छ । १० हजार रुपैयाँ टहरा निर्माणमा अपुग भएपछि अपुग रकम जुटाउन स्थानिय अधिकार कार्यक्रमका सामाजिक परिचालक र रिफ्लेक्ट सहजकर्ताहरुले पहल गरेका थिए । सामाजिक परिचालक र सहजकर्ताको प्रयासमा सामुदायिक बन उपभोक्ता समितिले टहराका लागि आबश्यक पर्ने बाँस र काठ उपलब्ध गराएको छ । पुरुषहरुले निर्माण सहयोग गरेका छन् । रिफ्लेक्ट सर्कलका महिलाहरुले पनि रकम संकलन गरेका थिए ।

केआईसिंह गाउँपालिका ५ लेककोटमा संचालित दुर्गा रिफ्लेक्ट सर्कलको टहरा निर्माणका लागि लेककोट सामुदायिक बन उपभोक्ता समितिले काठ उपलब्ध गराएको थियो । रिफ्लेक्ट सर्कलका महिलाहरुले थुपारेको ढुंगामाटो र स्थानीय पुरुषहरुको प्राबिधिक सहयोगमा दुर्गा रिफ्लेक्ट सर्कलको टहरा निर्माण गरिएको छ ।


केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौंमा निर्माण गरिएका टहरा

दिपायल सिलगढी नगरपालिका ५ बागठाँटास्थित फुलवारी रिफ्लेक्ट सर्कलको पनि टहरा निर्माण भएको छ । टहरा निर्माणका लागि सर्कलका महिलाहरु प्रतिब्यक्ति १५० रुपैयाँ रकम संकलन गरेका थिए । उनिहरुले आफैले ढुंगा बोकेर,लिपेर टहरा निर्माण गरेका हुन् । पुरुषहरुले जंगलबाट बाँस काटेर ल्याई निर्माण गरिदिएका थिए ।

त्यसैगरी शिखर नगरपालिका २ मुडेगाउँमा पनि पुरुषहरुको सहयोगमा सर्कलका महिलाहरुले टहरा निर्माण गरेका छन् । कपल्लेकी,भुमिराजमाण्डौंमा पनि टहरा धमाधम निर्माण भैरहेका छन् । टहरा निर्माण गरिएपछि रिफ्लेक्ट सर्कल संचालन गर्ने निश्चित स्थान हुनुका साथै सर्कल संचालन गर्दा आबश्यक पर्ने सामाग्रीहरु पनि सुरक्षित हुने सर्कलका महिलाहरु बताउछन् । सर्कल संचालनका लागि स्थानिय अधिकार कार्यक्रमले त्रिपाल,बाकस,सिकाई सामाग्री,मार्कर,ब्राउनपेपर लगाएतका आबश्यक सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको छ ।

यस अघि सर्कल संचालनका लागि उपलब्ध गराएको सामाग्रीहरु हावाहुरी र पानीले नष्ट गर्न लागेपछि टहरा निर्माण गरिनु पर्ने महसुस भएपछि टहरा निर्माण गरिएको महिलाहरुको भनाई छ ।
यो सफलताको कथा एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपाल डोटीद्धारा संचालित स्थानिय अधिकार कार्यक्रमको सहयोगमा तयार गरि प्रकाशित गरिएको हो ।

 

 

प्रकाशित ७ कार्तिक २०७४, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *