
आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि डोटीमा गत ५ गतेदेखी म्यादी प्रहरी भर्ना छनौट सुरु भएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा ब्यवस्थाका लागि नेपाल प्रहरीको मानव स्रोत विकास विभागले असोज २४ गतेदेखी ३० गतेसम्मका लागि म्यादी प्रहरीको भर्ना खोलेको थियो । विभागले देशभरका लागि ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो ।
डोटीमा प्रतिनिधिसभा निर्वाचनका लागी एक क्षेत्र र प्रदेशसभाका लागी “क” र “ख” गरि दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । जसका लागि आठ सय जना म्यादी प्रहरी आबश्यक रहेकोमा एक हजार दुई सय ५३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्यादि प्रहरी छनौटका लागी जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको छनौट समितिले छनौट गरि रहेको छ ।
छनौट प्रक्रिया अन्र्तगत पहिलो चरणको छनौट प्रक्रियामा लामो दौड, सेटप, पुसप, मेडिकल जाँच, तौल लगायत बिभिन्न कृयाकलापमा उत्तीर्ण हुन सफल एक हजार ४७ जना उम्मेदवारहरुको मंगलबार दिउसो दुई बजे लिखित परिक्षा लिइएको थियो ।
लिखित परिक्षा लिनका लागी सबै उम्मेदवारहरुलाई राख्ने कोठा नभएकोले नेपाली सेनाको सिलगढीस्थित टुुडिखेलमा लिखित परिक्षा लिईएको थियो । लिखित परिक्षामा बस्तुगत तथा समान्यज्ञानबाट ५० खुल्ला प्रश्नहरु राखिएका थिए भने सोको अंक भार प्रति प्रश्न २ का हिसाबले १ सय पूर्णांकको लिखित परिक्षा लिईएको छ ।
परिक्षालाई मर्यादित बनाउनका लागि प्रश्न पत्र बेग्लाबेग्लै दुई सेटमा तयार पारिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताए । लिखित परिक्षाको नतिजा बुधबार बिहान आई सकेको छ ।
लिखित परिक्षामा उतिर्ण भएकाहरुको बिहान ९ बजेदेखी अन्तर्वार्ता लिन सुरु गरिएको प्रहरीले जनाएको छ । म्यादि प्रहरीको छनौट प्रक्रिया अन्तिम चरणमा रहेको प्रहरी नायब उपरिक्षक सिंहले बताए ।
प्रकाशित ८ कार्तिक २०७४, बुधबार
Leave a Reply