उम्मेद्वारी फिर्ता लिनु न चुनाव लड्नुको अवस्थामा बाबुराम,आफ्नै उम्मेदवारी गलपासो बन्दै

समताखबर
  ९ कार्तिक २०७४, बिहीबार १२:१३

राष्ट्रिय सभागृह ‘लाल सलाम’को मुद्रामा देखिएका बाबुराम वाम एकता प्रक्रियामा आउने खबरले चौतर्फी चर्चा बटुल्यो । तर दुर्भाग्य, यो चर्चा लगत्तै बाबुरामको असन्तुष्टिको विषयमा परिवर्तित भयो । नयाँ शक्ति नेपालले १५ सीटको दावी गरेको खबरसँगै बाबुराम बाहिरिए । एक हप्तापनि उनको धैर्यता वाम एकताको पक्षमा देखिएन ।

बाबुराम भट्टराईले यो अवधिमा नेपालमा अग्रगामी रुपान्तरण आवश्यक रहेको तर्क गर्दै नेपाली कांग्रेस पश्चगामी शक्ति भएको सार्वजनिक टिप्पणी गरे । उनले आफ्नो फेसबुक वालमा कांग्रेसलाई सिध्याउनु पर्ने आशयको समाचार सार्वजनिक समेत गरे । तर यता वाम तालमेलमा उनले भने अनुसारको महत्व र सीट नपाएपछि उनले गोरखामा जित्नका लागि नेपाली कांग्रेससँग वार्ता अघि बढाए ।र, अन्तमा, वाम एकता र चुनावी तालमेलबाट अत्तालिएको कांग्रेसले बाबुरामलाई साथ थियो । बाबुरामलाई गोरखाबाट कांग्रेसले समर्थन गर्यो । र, सँगसँगै दुई सीट समेत नयाँ शक्तिलाई दियो ।

संविधान निर्माणको क्रममा उनले देखाएको व्यवहार, पार्टी परित्याग, नयाँ शक्तिभित्रको निरन्तर गइरहेको पहिरो र गोरखाको वामपन्थी जनमतको अवस्था हेर्दा बाबुरामको शक्ति विजय नजिक पुग्ने हैसियत राख्ने देखिन्न । बाबुरामका लागि नेपाली कांग्रेसको स्थानीय पार्टी कमिटिको बिरोधका बावजूद पनि गोरखामा नेपाली कांग्रेसले समर्थन गरेपनि उनका लागि अवस्था भने त्यति सहज छैन । खासगरी संविधान निर्माणको क्रममा उनले देखाएको व्यवहार, पार्टी परित्याग, नयाँ शक्तिभित्रको निरन्तर गइरहेको पहिरो र गोरखाको वामपन्थी जनमतको अवस्था हेर्दा बाबुरामको शक्ति विजय नजिक पुग्ने हैसियत राख्ने देखिन्न ।

बाबुराम संसदका लागि चाहिने पात्र हुन, यसमा शंका छैन । उनको आफ्नो व्यक्तित्व समेत छ, त्यसमा पनि दुईमत छैन । तर यी दुई कुराले मात्रै उनले निर्वाचन जित्न सक्ने अवस्था भने छैन । उनको लोकप्रिय मत र नेपाली कांग्रेसको मतबाहेक उनले वामपन्थीहरुको मत गोरखाबाट पाउने अवस्था छैन । नारायणकाजी श्रेष्ठ गोरखामा बाबुराम जत्तिको लोकप्रिय नभए पनि राष्ट्रिय राजनीतिमा बाबुराम भन्दा बलियो भूमिकामा देखिएको कारण समेत उनले भोट पाउने आधार बढी देखिएको छ ।

बाबुरामको अहंकार र व्यक्तिवादी चरित्रका कारण उनले नयाँ शक्तिलाई जोगाउन सकेनन् । यतिसम्म कि बाबुरामले उम्मेदवारी घोषणा गरेपछि समेत नयाँ शक्ति नेपालका एक दर्जन बढी जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अष्पुष्ट समाचार सूचनाहरुको भर पर्ने हो भने यस्ता स साना पहिरोहरु निर्वाचन अघि निकै जाने अवस्था गोरखामा विद्यमान छ ।

बाबुरामले माओवादी छोडेपनि उनलाई कम्युनिष्ट नै भनेर हेर्ने हुँदा कांग्रेसको सबै भोट उनले पाउने अवस्था हुने छैनन । अर्कोतर्फ नेपाली कांग्रेसको जिल्ला नेतत्वले बाबुरामलाई नीतिगतरुपमा समर्थन गरेपनि कार्यकर्ताको तहमा सबै कांग्रेस कार्यकर्ता या समर्थकको भोट बाबुरामले पाउने अवस्था देखिन्न । वाम र प्रजातान्त्रिकबीच लामो तिक्तता रहेको जिल्ला हो गोरखा । चितवनमा पार्टी सभापति शेरबहादुर देउबा आफै उपस्थित भएर माओवादी केन्द्रका लागि भोट मागेको अवस्थामा समेत सबै नेपाली कांग्रेस समर्थकहरुले रेणु दाहाललाई भोट नहालेको दृष्टान्त हाम्रा सामु छ । यो अवस्थामा बाबुरामले माओवादी छोडेपनि उनलाई कम्युनिष्ट नै भनेर हेर्ने अवस्था बाँकी रहेकोले कांग्रेसको सबै भोट उनले पाउन सक्दैनन् ।

गोरखाका कम्युनिष्ट समर्थकहरुमा बाबुराम एउटा वितृष्णाको नाम हो । एउटा असन्तुष्ट अवसरवादी, नाम लिने बित्तिकै तिक्तता पैदा हुने पात्रको नाम । उनको उज्यालो व्यक्तित्व उनको यो अँध्यारो पक्षले निलेको अवस्था त्यहाँ देखिन्छ । बाबुराम आफ्नै अवसरवादी चरित्रका कारण गोरखाबाट पराजित भएपनि यो उनको सक्रिय राजनीतिक जीवनको अवसान समेत हुने निश्चित छ । त्यसैले माओवादी केन्द्रको बलियो आधार, एमालेको समर्थन, नयाँ शक्तिबाट बारम्बार भइरहेको पलायन, नारायणकाजी श्रेष्ठको राष्ट्रिय व्यक्तित्व र कांग्रेसको अविश्वासी साथ जस्ता कारणहरुले गर्दा बाबुरामलाई गोरखामा जिति नै हाल्नु निकै गारो देखिन्छ ।

र, यदि बाबुराम आफ्नै अवसरवादी चरित्रका कारण गोरखाबाट पराजित भएपनि यो उनको सक्रिय राजनीतिक जीवनको अवसान समेत हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *