
आगामी मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट सर्वसम्मत उम्मेदवार भएका बाम गठबन्धनका साझा उम्मेदवार हिमाल शर्माको चुनावी सभालाई एमाले सचिव योगेस भट्टराईले सम्बोधन गर्ने भएका छन् ।
योगेस यसै क्षेत्रबाट २०६४ र २०७० को संविधान सभामा उमेदवारी भई थोरै मतले पराजित भएका थिए । दुवै जना माले राजनीतिबाट नेपालको राजनीतिमा क्रियाशिल भएका युवा नेता हुन् । बाम गठबन्धनको घोषणाले बाम दलहरुलाई नजिक मात्र ल्याएको छैन् ।
यसका नेताहरुलाई ब्यक्तिगत तहमा भावानात्मक एकता पैदा गरेको छ । कुनै बेला एक अर्काको राजनीतिक प्रतिस्पर्धि रहेका योगेस भट्टराई हिमाल शर्माको पक्षमा भोट माग्ने तयारीमा रहेको भट्टराई स्रोतले बतायो । एमाले र माआवादी केन्द्रको देश ब्यापी चुनावी तालमेल हुने भए पछि काठमाडौं क्षेत्र नं ६ हिमाल शर्मालाई छाडेर भट्टराई गृहजिल्ला ताप्लेजुङ पुगेका छन् । अहिले उनी आफ्नो क्षेत्रको नेता कार्यकर्ताहरु संग बिभिन्न चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका छन् ।
तत्कालिन नेकपा मालेको राजनीतिमा संग सगै लागेका यी युवा नेताहरु प्छिल्लो संविधान सभाको निर्वाचनमा एक अर्काको प्रतिस्पधि रहेका थिए । बाम गठबन्धन लगाएत फेरिएको राजनीतिक परिस्थिति पछि योगेसले हिमाललाई सहयोग गर्ने भएको हुन् ।
काठमाडौ क्षेत्र नं। ६ प्रतिनिधि सभा निर्वाचनमा माआवादीका हिमाल शर्मा बाम गठबन्धनका साझा उमेदवार हुन भने प्रदेश सभामा एमालेबाट साझा उमेदवारी केही दिनमा तोकिने बताइएको छ ।
प्रकाशित १२ कार्तिक २०७४, आईतबार
Leave a Reply