डोटीका तिस बिद्यालयमा बिपद् जोखिम ब्यवस्थापन योजना निर्माण गरिने

समताखबर
  १२ कार्तिक २०७४, आईतवार ०८:३६

फाईल फोटो :

सामुदायिक बिकास केन्द्र डोटीले जिल्लाका ३० वटा आधारभूत बिद्यालयहरुमा विपद् जोखिम ब्यवस्थापन योजना निर्माण गर्ने भएको छ । सामुदायिक बिकास केन्द्र डोटीले परियोजना क्षेत्रका बिद्यालयहरुमा गरेको जोखिम तथा बहुप्रकोप बिश्लेषणका आधारमा उक्त योजना निर्माण गर्न लागेको हो ।

सामुदायिक बिकास केन्द्र डोटीका फिल्ड संयोजक प्रयागराज कापडीका अनुसार जिल्लाका बिपद् जोखिमका दृष्टिकोणले उच्च जोखिममा रहेका बिद्यालयमा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्त योजना निर्माण गर्न लागिएको हो । विपद् जोखिम ब्यवस्थापन योजना निर्माणका लागि छनौट गरिएका आदर्श गाउँपालिका क्षेत्रका १२, सायल गाउँपालिका क्षेत्रका १४ र दिपायल सिलगढी नग।पालिका क्षेत्रका ५ वटा बिद्यालयहरु भौगोलिक रुपमा बिकट, पुराना शैलीमा निर्माण गरिएका र जिर्ण रहेको सो संस्थालेले जनाएको छ ।

हाल १० वटा बिद्यालयमा विपद् जोखिम ब्यवस्थापन योजना निर्माण भईसकेको र २० वटा बिद्यालयमा योजना निर्माणको चरणमा रहेको छ ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा वल्र्डभिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्र डोटीको साझेदारीमा संचालित समुदाय तथा बिद्यालय विपद् पूर्ब तयारी तथा उत्थानशिलता परियोजना अन्तरगत सायल गाउँपालिका क्षेत्रमा ४, आदर्श गाउँपालिका क्षेत्रमा ४ वटा र दिपायल सिलगढी नगरपालिका क्षेत्रमा २ वटा आबश्यक भौतिक संरचना सहितका नमुना बिद्यालय समेत निर्माण गरिने बताईएको छ ।

यसै गरि परियोजना क्षेत्रका १० वटा आमा समुहलाई दैवि प्रकोप ब्यवस्थापन सम्बन्धि तालिम दिईएको छ । भने २० वटालाई चालु बर्षमा दिने तयारी भईरहेको छ । ५ वटा बिद्यालयमा गुनासो सुनुवाई सन्यन्त्र तथा उजुरी पेटिका राखिएको छ ।
३० वटा बिद्यालयमा विपद् पूर्ब तयारीका लागि आपतकालिन सामग्री सहित झटपट झोला बितरण गरिएको छ । जसमा प्राथमिक उपचारका सामग्रीहरु, रेडियो ट्रच लाईट, सिल्पिङ झोला, ड्राई फुुडहरु राखिएको फिल्ड संयोजक प्रयागराज कापडीले जानकारी दिनु भयो ।

प्रकाशित १२ कार्तिक २०७४, आईतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *