
धरान उप–महानगरपालिका १३ राई टोलका सुकुम्बासीहरु घर नम्बर प्राप्त गरेको खुशी भएका छन् । बर्षौदेखी अव्यवस्थित रुपमा बसोबास गर्दै आएका उनीहरुलाई धरान उप–महानगरपालिकाले घर नम्बर वितरण गरेपछि उनीहरु खुशी भएका हुन् । घर नम्बर प्राप्त गरेपछि के भन्छन त स्थानियहरु ? समताअनलाइन डटकमका लागि सुनसरी संवाददाता लक्ष्मी दर्नालले संकलन गरेको बिचार :
कसैले लखेट्लान की भन्ने डर हट्यो
सनमान श्रेष्ठ–हामीले घर नम्बरका लागि धेरै बर्षदेखि विराटनगर, ईनरुवा धाएका थियौं । त्यसरी दुख गरेर धरानदेखि बाहिर,बाहिर धाएपनि हाम्रो माग भने कसैले सुनेनन् । कसैले पनि पुरा गरिदिएनन् । अहिलेको स्थानिय सरकारले भने हामी जस्ता सुकुम्बासीको हितका लागि यति ठुलो काम गरिदिनु भयो । हामी धेरै नै खुशी भएका छौं । अब चै हामी पनि धराने नागरिक भयौं । पहिला त नगरपालिकाले हामीलाई लखेट्ने होकी भन्ने डर लाग्थ्यो । अब भने हामीलाई त्यो डर हटेको छ ।
धरानकै नागरिक भएको महसुस भयो
राज कुमार राई–धेरै बर्षदेखि घर नम्बर प्राप्तिका लागि धेरै नै संघर्ष ग¥यौं । अब भने हाम्रो सपना साकार भएको छ । अब चै धरानकै नागरिक भएको महसुस भएको छ । हामीले संकटकालदेखिनै यो ठांउँमा बसोबास गर्दै आएकोले अब धेरै नै खुशी लागेको छ । आशा छ चाडै नै धनीपुर्जा पनि पाउनेछौं ।
हाम्रो माग पुरा भयो
मन बहादुर राई – सुकुम्बासीको हितमा धरान उप–महानगरपालिकाले अहिले भने सराहनिय काम गरेको छ । यसरी नम्बर बाडिरहदा आजदेखि हामीपनि धरान नगरबासी बन्न सफल भएका छौं । हामीले घर नम्बर प्राप्तीका लागि वर्षौ बर्षदेखि आन्दोलन गरेका थियौं । अव भने हाम्रो माग पुरा भएको अनुभुति भएको छ ।
राम्रो काम भएको छ
राज कुमार राई–धेरै नै खुशी छु । अब धरानका अन्य वडालाई पनि घर नम्बर दिने भनेर सुनेको छु । त्यो पनि राम्रो काम हुनेछ । सुकुम्बासीहरु अब डराई डराई बस्नु पर्दैन् । जे होस अहिलेको स्थानिय सरकार र अन्य साथी,भाईहरुले हाम्रो लागि सोचेर यति ठुलो काम गरिदिनु भएकोमा म उहाँलाई ऋदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
काम गर्नेलाई भोट हालेछौं
मुन्नु राई–आश पनि गरेको थिईन् । अहिलेको स्थानिय सरकारले हाम्रो लागि पनि काम गर्नुहुन्छ भनेर । पहिला पनि यस्ता धेरै नेताहरुले यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर भोट माग्थे । तर कसैले पनि हामी जस्ता सुकुम्बासीहरुका लागि केही गरेनन् । तर अहिलेको सरकारले हामीहरुका लागि भनेर घर नम्बर वितरण गरिदिनु भयो । धेरै नै खुशी लागेको छ । अब भने काम गर्ने मान्छेलाई नै हामीले भोट हालेका रहेछौं भनेर गर्भ महसुस भएको छ ।
राजस्वको दायरामा आउन पाईयो
ईशोरा राई–अब त खुशीको सिमा नै छैन् । हामी पनि अब राजस्वको दायरामा आयौं । अब भने हाम्रो जग्गाको स्वामित्व हामी नै हौं भनेर गर्भ साथ भन्न सक्ने भयौं । त्यसैले हामी खुशी छौं । अब चाडैं नै धनिपुर्जा पनि प्राप्त गर्न पाए झनै खुशी हुने थियौं ।
साह्रै नै खुशी छु
पुजा राई–घर नम्बर प्राप्तिका यहा कति कुटपिट भयो । कति संग झगडा पनि नै भयो । अब भने हामीलाई घर नम्बर दिएपछि करको दायरामा आएका छौं । करको दायरामा आउनु भनेकै हाम्रो लागि ठुलो कुरा हो । हामीलाई धरान नगरबासीकै सरह सेवा सुविधा दिलाउनका लागि घरनम्बर वितरण गर्ने काम भएकोले हामी पनि साह्रै नै खुशी छौं ।
घर नम्बर दिलाउने काममा सफल भयौं
सिता मगर–धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास व्यवस्थापन समिति सदस्य –जनप्रतिनिधि विहिन अबस्थामा धरानका सुकुम्बासीलाई दोश्रो दर्जाको नागरिक को रुपमा खानेपानी,विजुली, टेलिफोन र सडक सञ्जाल विस्तार गर्न दिएको थिएन् । घर नम्बर प्राप्तीपछि सुकुम्बासी व्यबस्थापन गर्ने दायित्व स्थानीय सरकारको हो र त्यो दायित्वलाई पुरा गर्ने काम सुकुम्बासीको हो ।
अव सुकुम्बासीहरु बसेको जग्गाको धनिपुर्जा पनि प्रदान गर्न सकिन्छ भनेर आशा पलाएको छ ।
हामीले धरानका सुकुम्बासीका लागि भनेर नै धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास व्यवस्थापन समिति गठन गरेर सुकुम्बासीलाई घर नम्बर प्रदान गर्ने कार्य गर्न गराउनमा हामी सफल भएकोमा धेरै नै खुशी लागेको छ । धरानबाट सुकुम्बासीको हकमा नयाँ सुरुआत भएकोले अब अन्य वडामा वस्ने सुकुम्बासीलाई समेत घर नम्वर वितरण गर्नुपर्दछ ।
प्रकाशित १२ कार्तिक २०७४, आईतबार
Leave a Reply