
सुदुर पश्चिम युवा समाजको विशेष सहयोग र बिग परिवेश स्टुडियोको आयोजनामा संचालन भएको दुई दिने प्रदेश नं. ७ विशेष देउसी भैलो तथा संस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम अनाथ बालबालिकालाई सहयोग गरिएको छ ।
सृजनशिल बाल सेवा परिवारका सम्पूर्ण अनाथ बालबालिकासहितको एक रमाइलो पिकनिक कार्यत्र, पनि गरिएको छ । पिकनिकसंगै अनाथ बालबालिकाको लागि निर्माणाधिन आश्रम भवनको लागि ३४ हजार ७ सय रुपैयाँ सहयोग गरिएको छ । बाल सेवा संस्थाका अध्यक्ष उमा देवी बस्नेतलाई प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा सुदुर पश्चिमका सम्पूर्ण कलाकारहरुको समेत उपस्थित रहेको थियो । उक्त कार्यक्रमबाट सुदुर पश्चिमका सम्पूर्ण कलाकार, युवा एकजुट भै समाज सेवामा एकीकृत भएको संदेश पनी दिन खोजिएको सुदुर पश्चिम युवा समाजका उपाध्यक्ष बम स्वारले बताए । आगामी दिनमा अनाथ आश्रमको निर्माणाध्नि भवन निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्ने सुदुर पश्चिम युवा समाजका सचिव भक्तराज जोशिले बताए ।
प्रकाशित १३ कार्तिक २०७४, सोमबार
Leave a Reply