प्रचण्डलाई चितवनमा एमालेको भब्य स्वागत

समताखबर
  १३ कार्तिक २०७४, सोमबार १०:२६

एमालेसँग चुनावी गठबन्धन गरेर चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा एमाले नेता–कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

सोमबार (आज) चितवन पुगेका प्रचण्डलाई स्वागत गर्न एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरु सम्म भरतपुर विमान स्थल पुगेका थिए । एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकामा एमालेबाट निर्वाचित वडा नं २, ४, ७, ९, १०, ११ र १२ नम्बरका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए ।

माओवादी केन्द्रका नेताहरुसँगै लामवद्ध भएर एमाले नेताहरुले माला र खादाले दाहललाई स्वागत गरेका थिए । खबरडबलीबाट

प्रकाशित १३ कार्तिक २०७४, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *