एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयीभएका छन्। काठमाडौंमा भएको आठौँ महाधिवेशनमा निकटतक प्रतिस्पर्धी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन ।

उनले १ हजार १ सय ९७ मत प्राप्त गरेका थिए । गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले हारजित स्वभाविक प्रक्रिया भएकाले सबैको सहकार्यमा एनआरएनएका एजेन्डालाई पूरा गर्ने बताए । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत एजेन्डाहरु समेत अघि बढाउने उनले बताए । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन् । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन डा।बद्री केसी निर्वाचित भएका छन् । ६ जना उम्मदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा रुक्मतबहादुर थापा विजयी भएका छन् । सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छिन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सो समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ । क्षेत्रीय संयोजकमा को को विजयी युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगीता मरहठ्ठा विजयी भएक छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन्। अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन्। यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् । ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी र ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएका छन् । मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ, क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराईने निर्वचन आयोगले जनाएको छ । एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा जुनु गुरुङ विजयी विजयी भएक छन् । अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित विजयी भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित विजयी भएक छन्। महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुइँटेल निर्विरोध निर्वाचित भएका छन्।

को हुन् भवन भट्ट?

गोरखा जन्मथलो भएका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान गएका थिए । अध्ययनका लागि जापान गएका बेला पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा रेस्टुराँमा भाँडा माझ्ने काम समेत गर्थे । तर भट्टले अहिले जापानमा मात्रै २ सय ९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । जहाँ ५ हजार जापानी र २ सय ५० नेपालीले रोजगारी पाएका छन् । उनले नेपालमा पनि टिबिआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा दुई अर्ब बढी लगानी गरेका छन् भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ । यसका साथै कारोबार दैनिक, युनाइटेड बु्रअरी, बीबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाँको लगानी छ । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–२००४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे। एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०७२ मा भूकम्प गएपछि एक करोड रुपैयाँ पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अगुवाइमा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघको ठूलो सहयोग नेपाल भित्रिएको थियो । पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौ, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनकै अगुवाइमा अभियान सञ्चालन भएको थियो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सफाइ अभियानमा उनको अगुवाई प्रसन्शनीय मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *