साँफेबगर विमानस्थल छिट्टै सञ्चालनमा आउने

समताखबर
  १४ कार्तिक २०७४, मंगलवार ०८:५८

अछामको साँफेबगरस्थित विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । २०५८ सालदेखि अवरुद्ध साँफेबगर विमानस्थल सुचारुका लागि धमाधम कालोपत्र गर्ने काम भइरहेको छ ।

सरकारले विमानस्थल सञ्चालनका लागि गत वर्ष १२ करोड बजेट विनियोजन गरेको थियो । १२ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्ट्रक्सन प्रालिले काम शुरु गरेको कम्पनीका भद्रबहादुर शाहीले बताए । बर्षाका कारण र दशैंतिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्र गतिमा काम भइरहेको शाहीले बताए । साँफेबगरमा २०३१ सालदेखि विमानसेवा सञ्चालनमा रहेको थियो ।

 

प्रकाशित १४ कार्तिक २०७४, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *