
नेपालको तराई जिल्लामा बस्दै आएका आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व हो माघी । थारु समुदायले यो पर्वलाई महान्ं पर्वको रुपमा मनाउने गर्छन् । उक्त पर्वलाई थारु भाषामा बर्कामाघ भनिन्छ । यो पर्व थारुहरुले धुमधामका साथ परापूर्वकालदेखि मनाउदै आएका छन् ।
पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका थारु समुदायले ठाउ विशेष अनुसार फरक फरक ढ¨ले मनाउने गरेता पनि वडो महत्व दिएर मनाउने गर्दछन् । यस पर्वलाई थारुहरुले विभिन्न रुपमा मनाउने गर्दछन् । जस्तै नयाँ वर्षको रुपमा,उन्मुक्ति दिवसको रुपमा,सद्भाव र मेलमिलापको रुपमा तथा खुशीयाली मनाई दिदी बहिनीलाई कोशेली उपहार दिने आदि विविध रुपमा मनाउने चलन छ । यस पर्वमा धुमरु गीत गाउने, डम्फु, मादल बजाउने र मघौटा जस्ता विभिन्न नाच नाच्ने पनि गरिन्छ ।
थारु समुदायको मौलिकता बोकेको ऐतिहासिक पर्व माघी मेलमिलापको पर्व भनेर पनि बुझिन्छ । किनकी यो पर्वले “मेरो हैनकी हाम्रो” भन्ने भावनाको विकास गर्छ । पूर्खाको आशिर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भाव जगाउछ । महान पर्व माघीको ठूलो सामाजिक महत्व छ । माघी पर्वले थारु समुदायमा रमाईलो तथा रमझम मात्र दिएर जादैन बरु यस महान पर्वले थारु समुदायमा आपसी मेलमिलाप, सद्भावना, मान मर्यादा, सेवा सत्कार र सम्मानका नैतिक पाठहरु सिकाउने गर्छ ।
वर्षभरीको दुख सुखको कुरा एकआपसमा साटासाट गर्ने, मिठो मसिनो खाएर आत्मसन्तुष्टि लिने गरिन्छ । विहे गरेर पराइ घर गएका चेलीहरुलाई उपहार दिने र उनीहरुको सुख दुखको कुरा माइती पक्षलाई जानकारी लिने गरिन्छ । चेलीहरुलाई कुनै समस्या परेमा त्यसको समाधानको पहल पनि हुन्छ । वर्षभरि गरेको मेहनत र प्रगतिको बारेमा एकआपसमा जानकारी लिने र समस्याको कुराहरु एकआपसमा साटासाट गरेपछि मन हलु¨ो हुन्छ भन्ने महसुस गर्दछन् ।
माघी पर्व खासगरी हरेक बर्ष पुषको २७ देखि माघको पहिलो हप्तासम्म विभिन्न रुपमा मनाउने गरिन्छ । जसमध्ये लहानको दिन माघ १ गतेलाई प्रमुख रुपमा लिइन्छ । तिथि अनुसार यो दिन मकर संक्रान्ति पर्दछ । यस दिन कुनै किसिमको बली चढाउने र काटमार गर्न हुदैन भन्ने सामाजिक मान्यता रहीआएको छ ।
कसरी मनाउँछन माघी पर्व
नेतृत्व छान्ने :
थारु समुदायका लागि माघी पर्व यो अर्थले पनि महत्वपूर्ण छ की माघे संक्रान्तिको दिन नदी,ताल, तथा कुनै पनि जलाशय ठाउमा गई नुहाउनाले वर्षभरीको गलत कामको पाप पखालिन्छ भन्ने जन विश्वास छ । त्यो दिन सशुल्क स्नान गरिन्छ । जलदेवतालाई पैसा चढाएर मात्रै स्नान गर्ने चलन छ ।
कामको शिलशिलामा घर बाहिर गएका सदस्यहरु माघीमा अनिवार्य रुपमा घर पुग्नुपर्ने हुन्छ । मिलनको अवसर जुराउने यो पर्व नया नेतृत्व छान्ने काम गर्छ । गाउको नेतृत्व कसलाई दिने, त्यसको पारिश्रमिक कति तोक्ने तय गरिन्छ । गाउको नेतृत्वकर्ता (बडघर) , गुरुवा (पूजारी) र हुलाकीको काम गर्ने (चिराकिया) को चयन गरिन्छ र उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ ।
त्यस्तै माघीमा नै हरेक घर घरका सदस्यहरु वर्षभरिमा भएको आर्थिक कारोबारमा घरधुर्या (घरको मालिक) ले नाफा नोक्सानको समिक्षा गरिन्छ । चित्त बुभ्mयो भने घरधुर्या पुनं.त्यही ब्यक्ति रहन्छ र मन परेन भने अर्को ब्यक्तिलाई जिम्मा लगाईन्छ । घरको अनुशासन कायम गर्ने घरधुर्या भन्छन भने गाउको अनुशासन गराउने जिम्मा बडघरलाई हुन्छ । गाँउको साझा नीति,नियम बनाउने र त्यसको कार्यान्वयन गराउने जिम्मा गाँउभरिको मानिसहरुको सामुहिक छलफल गरी बडघर र अन्य जिम्मेवार मानिसहरुलाई जिम्मा दिईन्छ ।
कामको जिम्मा लिएर बडघरले काम चित्त बु¤दो गरेन भने सामुहिक छलफलले नयाँ बडघर चुन्ने अवस्था रहन्छ माघीमा । गाँउको साझा नीति,नियम बमोजिम पदाधिकारीहरुलाई काम गर्नुपर्ने हुन्छ । माघीबाट नै थारुहरुको नया खाता पनि शुरु हुन्छ ।
तिर्नुपर्ने ऋण चुक्ता गर्ने र नया कामको शुरुवात पनि माघीबाट गरिन्छ । त्यस्तै घर फुट्ने कि नफुट्ने,विवाह गर्ने कि नगर्ने, कमैया र कमलरी राख्ने-नराख्ने, लाग्ने÷नलाग्ने, खेत जोत्ने वा छोडने, घरको लेनदेनबारे छलफल, घरको अगुवा कसलाई बनाउने, साहु महाजन को सँग व्यवहार गर्ने र अगामी वर्षको लागि योजना बनाउने पनि माघीमा नै गरिन्छ ।
सामुहिक कार्य जस्तै कि गाँउका साझा कुलुवा, भरवा, बेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, साझा देवी देवता तथा विभिन्न पुजापाठ गर्न गुरुवा ,केसौका, चिरकिया राख्ने, महताँवा, चौकीदार, कामी, कुम्हार राख्ने, तिहाई कसरी दिने र उठाउने सम्बन्धमा छिनोफानो र छलफल पनि माघीमै गरिन्छ ।
माघी पर्वको तयारी :
माघी पर्व मनाउनको लागि कम्तीमा एक महिना अगाडि देखि तयारी शुरु हुन्छ । जसमा प्रमुख रुपमा अनदीका गुलियो जांड, रक्सी, काठ दाउराको व्यवस्था, वनबाट पात टिपेर ल्याई दुना टपरी गास्ने, तोरीको खाने तेल पेल्ने आदि गरिन्छ । साथै नाचगानको लागि पनि विभिन्न स्तर तथा समुहमा तयार गरिन्छ । जस्तै केटाकेटी समुह, युवती समुह, युवा केटा समुह, किसान समुह, गाई वस्तु चराउने गोठालेहरुको समुह आदि ।
माछा मार्ने :
यस पर्वमा माछाको परिकारहरु अनिवार्य रुपमा बनाईन्छ । यसर्थ दुई तीन दिन अगाडिदेखि (पौष २७,२८,२९ गते) नै माछा मार्ने गरिन्छ ।
माछा मार्न समुह समुहमा मिलेर वा एक्लाएक्लै नजिकको नदी, खोला, तलाउमा जाने गर्छन् । माछा मारेर ल्याएपछि आगोमा सेकाई सुकाएर राख्ने र माघीको दिन पकाएर खाने तथा खुवाउने चलन छ ।
चामलको पीठो पिसाउने :
माघीमा अनिवार्य रुपमा बनाईने खानेकुरा मध्ये ढिक्री प्रमुख परिकार हो । यो परिकार अनिवार्य रुपमा बनाईन्छ । यसर्थ यसको लागि नया र भएसम्म मसिनो चामलको पीठो पिसाउने गरिन्छ । यसको जोहो दुई चार दिन अगाडिनै गरिन्छ ।
अन्य परिकारको लागि आवश्यक सामाग्रीको व्यवस्था :
माघी पर्वमा तयार पारिने अन्य परिकारमा मुरही, खिचरी, तिलको लडडु, खरियां, अन्डीभात, सखरखण्ड, तरुल, ग¨टो आदि पर्दछन । यी सबै परिकार बनाउनको लागि आवश्यक सरसमानको व्यवस्था पनि दुई चार दिन अगाडि देखि नै गर्ने गर्दछन् ।
नयाँ लुगा किन्ने र सिलाउने :
थारुहरुले आआÏनो क्षमता अुसार यस पर्वमा सबैले नयाँ नयाँ लुगा लगाउने चलन छ । जसअनुसार नया लुगाहरु किनी सिलाउने पनि गरिन्छ । आर्थिक अवस्था कमजोर भएकाहरु पनि आÏना छोरा छोरीहरुको लागि अनिवार्य रुपमा किनी दिने गर्दछन ्।
सुंगुरको मासु व्यवस्था (पौष ३० गते) :
पौष महिनाको अन्तिम दिन थारुहरुले “जिता मर्ना दिन” भन्ने गर्छन् । यस दिन माघी पर्वको लागि सुगुंरको मासुको व्यवस्था गरिन्छ । खासगरी प्रत्येक गाँउमा बडघरिया वा भल्मन्साको घरमा गाँउभरिको सगोलमा सुँगुंर मारी आआÏनो गच्छे र आवश्यकता अनुसार मासु किनी लाने गरिन्छ ।
आजभोली खसीको मासु खाने चलन पनि बढेको छ । यसै राती ढुमरु गीत गाउने ,डम्फु तथा मादल बजाउने, छोकरा र झुमरा नाच नाच्ने गर्दछन । त्यही राती महिलाहरुले चामलको ढिकरी, रोटी, तिलको लडडु, मुरही, खरिया आदि बनाउने गर्दछन्। यसका अतिरिक्त शखरखण्ड, तरुल, अन्डी धानको उसिनेको भात र खिचडी पनि बनाउने गर्दछन ्।
माघीमा नाचिने नाच र गीत :
माघी पर्वको बेला “जिता मर्ना दिन” देखि माघको एक हप्तासम्म घरका सबै छोराछोरी, नाती नतिनी, भाई बहिनी, भतिजा भतिजी तथा काम गर्ने सबै अन्य मानिसहरु सबै कामबाट स्वतन्त्र हुन्छन ्। यही बेला आआÏनो समुह वा झुण्डा बनाई विभिन्न खालको नाचगान गर्ने गरिन्छ । नाचगानमा मघौटा, झुमरा र छोकरा नाच नाच्ने गर्दछन । नाचगान घर घरमा गएर नाच्ने र पैसा लुट्ने गरिन्छ ।
पैसा लुटने भनेको जुन घरमा नाचिन्छ त्यही घरको मानिसले खप्टा रुपैया सुकुल वा च्यादर भुईमा विछयाएर त्यस माथि पैसा राखिदिन्छन। त्यही पैसालाई नाच्ने र मादल बजाउने मानिस उल्टो तर्फबाट फर्केर आँखा वा मुख आदि च्यापी पैसा उठाई लिने चलनलाई भनिन्छ । यस्तो नाचगान तीन चार दिनदेखि हप्ता दिनसम्म चल्छ । कही कही त छिमेकी गाँउसम्म पनि नाचगान गर्न जाने चलन छ ।
माघी पर्वको शुरुवात (माघ १ गते)माघी पर्व पौष महिनाको अन्तिम दिनदेखि शुरु भएको मान्निछ । अर्थात् “जिता मर्ना दिन” देखि माघ शुरु हुन्छ । यस दिन छरछिमेकका घरमा गई “माघक टिप्पा” चाख्ने निहुमा अन्डीको गुलियो जाड र सुगुरको मासु खाने गरिन्छ ।
माघी लहान (माघ १ गते) :
“जिता मर्ना दिन” को रातभरी डम्फु बजाउने “ढुमरु” गीत र छोकरा, झुमरा नाच नाच्ने गरिन्छ । जब बिहान भालेको पहिलो पहर शुरु हुन्छ । त्यही बेला घरका साना ठूला पुरुषहरु सबैजना सकेसम्म नदीको दोभानमा वा दुई नदीको संंगममा बाजागाजा सहित नुहाउन जाने गरिन्छ । यता महिलाहरु घरमा बढी व्यस्त हुनुपर्ने भएकाले सबभन्दा नजिकमा पर्ने कुवा“, घाट, खोला, नालामा गएर नुहाउने गर्दछन र खानेकुरा तयार पार्ने गर्दछन। साथै घरको मुली महिलाले “निश्राव” को सर समानहरु तयार पार्ने गर्दछिन्।
यसै बिहान कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मे पनि मरिहाल्ने गरेको छ भने त्यस्ता जोडीहरु कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको वरदान माग्ने गर्दछन ्। नुहाउने क्रममा तामाको दुई वटा पैसा लिई नदीमा पहिलो दुवुल्की मार्दा साथमा लिई पानी भित्र छोडीदिनु पर्दछ । नुहाई सकेपछि लुगा फेरी एउटा लोहोटामा केही पैसा, फूल, अक्षता र जल राखी ढु¨ाको देवतामा एकाग्र मनचित्त गराई अर्पण गर्नु पर्दछ ।
निश्राउ कहार्न -निकाल्ने (माघ १ गते) :
जलाशय ठाउमा नुहाई घरमा फर्केपछि सबैजना पुरुषहरुले सर्बप्रथम “निश्राउ” कहार्ने गर्दछन ्। यसको लागि घरको एउटा कोठामा एउटा एउटा भाडोमा चामल, नुन र उर्द (मासको दाल) छुट्टाछुट्टै भाँडाहरुमा राखिएको हुन्छ । यिनै चामल, नुन, उर्दलाई अर्को छुट्टै भाडाहरुमा पाँच पाँच अन्जुली झिकेर राखिन्छ । यो प्रक्रियालाई “निश्राउ कहार्न” भनिन्छ । एक घरमा कैयौँ पुस्ताका निश्राउ कहार्नेहरु भए हरेक पुस्ताको लागि अलग अलग “निश्राउ कहर्ना” व्यवस्था गरिएको हुन्छ ।
ढोग स्यावा लाग्ने र खानेकुरा खाने :
“निश्राउ कहर्ना” सकेपछि घरको सबैभन्दा जेठो महिला वा पुरुषहरुबाट शुरु गरी आफूभन्दा पाका सबैसँग स्यावा (ढोग भेट) लाग्ने र आशिस लिने गरिन्छ । जाडो भएको हुनाले घरको बहरीमा धुनी लगाईएको हुन्छ । त्यही धुनीको वरिपरी घरका सबै जना बसेर विभिन्न परिकारका खाना खाने गर्दछन् ।
पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका थारु समुदायले आ–आÏनो ठाउ विशेषले फरक फरक परिकारका खाना खाने गर्दछन् । र त्यस्तै आ–आÏना घरमा ढोग, स्यावा लागेर खानपिन गरिसकेपछि छरछिमेक तथा गाँउघरमा आÏना मान्यजनहरुसँग ढोग स्यावा लागेर आशिर्वाद लिने र सानालाई आशिवार्द दिनुका साथै माघी पर्वको खस्रा मीठा परिकारहरु खाने गरिन्छ । यस दिन सम्बन्ध बिग्रेका र बोलचाल बन्द भएकाहरु कहा“ गएर पनि स्यावा लाग्ने गरिन्छ । यसले मनमुटाब तथा रिसीबीहरु बिर्सी सहिष्णुता र सद्भावको पुनःस्थापना गर्न गराउन मद्दत गर्ने गर्दछ ।
निश्राउ दिह जैना-दिन जाने (माघ २ गते) :
माघी पर्वको भालीपल्ट “माघी दिवानी” का दिन दाजुभाईहरुले आप्mना दिदी बहिनीहरुलाई “निश्राउ” कोशेलीमा हिजो अलग्याएको निश्राउ चामल, नून, दाल र विभिन्न परिकारहरु (ढिक्री, रोटी, माछा,मासु, तिल र मुरहीको लडडु, सखरखण्ड, तरुल, अन्डीको भात र खिचडी आदि) रहेको हुन्छ । दाजुभाईहरुले आÏना दिदी बहिनीहरुलाई सद्भावका साथ वर्षेनी दिने “निश्राउ” को ठूलो महत्व रहेको छ ।
माघ २ गतेका दिन प्रत्येक दिदी बहिनीहरुले “निश्राउ” दिन आउने आÏना दाजु वा भाईको प्रतिक्षा गरी रहेका हुन्छन । यस दिन चेलीहरुले निश्राउ दिन आउने आÏना दाजु भाईको स्वागत गर्ने र विशेष मिठा मिठा परिकारहरु खान दिने गर्दछन् । यसले दाजुभाई तथा दिदी बहिनी बीचको सम्बन्धलाई अझ प्रगाढ र जीवन्त बनाउन मद्दत गर्दछ । यसरी नै माघी थारुहरुको राष्ट्रिय महान पर्व हो ।
यस महान पर्वमा सानाले ठूलासँग स्यावा ढोग गरी अशिर्वाद लिने र ठूलाले सानालाई अशिर्वाद दिने गरिन्छ । यस पर्वले थारु समुदायको सामाजिक व्यवहारलाई मर्यादित, सम्मानित, आदरणीय तथा अतिथ्यपूर्ण बनाउन तथा सो अनुसारको पाठ सिकाउने गर्दछ । यस पर्वलाई नयाँ वर्षको रुपमा, उन्मुक्ति दिवसको रुपमा, सद्भाव र मेलमिलापको रुपमा तथा खुशीयाली मनाई दिदी बहिनीलाई कोशेली उपहार दिने आदि विविध रुपमा मनाउने चलन छ ।
चौधरी डोटीस्थित रेडियो डोटीमा कार्यरत महिला पत्रकार हुन् ।
Leave a Reply