जीवन विज्ञान ध्यान योगद्वारा बाढीपीडितलाई राहात वितरण

लक्ष्मि दर्नाल इटहरी कार्तिक ७

जीवन विज्ञान इटहरी केन्द्रको संयोजनमा इटहरी उपमहानगरपालिका ९ शिवनारायण टोलका बाढी पीडितलाई सोमबार ब्लाङ्केट, स्कुल पोसाक र झोला वितरण गरिएको छ ।

गत साउन २७ गतेको बाढीबाट पीडित ३० जना बृद्धबृद्धालाई ब्लाङ्केट वितरण गरिएको हो । त्यस्तै बाढीबाट पीडित भएका श्री जनता माविमा अध्ययनरत ४९ जना विद्यार्थीलाई स्कुल पोसाक र ६५ जना विद्यार्थीलाई झोला वितरण गरिएको जीवन विज्ञान इटहरीकी प्रशिक्षक तथा राहात वितरण कार्यक्रमकी संयोजक रोमकुमारी अधिकारीले बताईन् ।

अमेरिकामा रहने नेपाली दिदी बहिनीले संकलन गरेर जीवन विज्ञान इटहरीलाई पठाएको रकमबाट सो सामग्री वितरण गरिएको उहाँले बताईन् । राहात वितरण कार्यक्रममा अमेरिकामा रकम संकलनको संयोजन गर्ने संगिता लम्साल सिवाकोटीले पीडितहरुलाई वितरण गर्नुभयो ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) को महिला उपसंयोजकमा नवनिर्वाचित लम्सालले विदेशमा रहेपनि नेपाली दाजुभाई पीडामा पर्दा आफुहरुलाई दुख्ने भएकाले आफूहरुले सक्दो सहयोग गरेको बताईन् ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष, दिपक गौतम, जेष्ठ नागरिक समाजका राजेश श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

प्रकाशित ७ कार्तिक २०७४, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *