
फाईल फोटो
जिल्ला कृषी बिकास कार्यालय डोटीले ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गरिरहेको छ । डोटीका किसानलाई कृषि पेशामा आकर्षित गर्नुका साथै नयाँ बिउ बितरण गरेर गहुँ उत्पादनमा बृद्धी गर्नका लागी यस पटक पनि अनुदानको बिउ बितरण गरि रहेको जिल्ला कृषि विकास कार्यालय डोटीका प्राबिधिक सहायक कृष्ण धामीले बताए ।
धामीका अनुसार जिल्लाका सबै स्थानीय तहका कृषकलाई माग अनुसार ६ मेट्रिक टन बिउ अनुदानमा बितरण गर्दै आएको छ । सेवाग्राहीको माग अनुसार मान्यता प्राप्त राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड वा कृषि सामाग्री कम्पनी लिमिटेडबाट बिषादीयुक्त बिउ उपलब्ध गराएको धामीले बताए ।
कृषकहरुले उत्पादन गरेको बिउ भन्दा यो दक्ष प्राबिधिकहरुले परिक्षण गरेर उत्पादन गरेको हुँदा यो बिउ फरक हुने गर्छ । बाताबरण अनुसार बिभिन्न भेगहरुमा बिभिन्न प्रकारको बिउहरु आवश्यक पर्ने भएकोले माटो परिक्षण र भेग पहिचान गरी बिउहरु अनुदानमा बितरण गरिरहेको धामीले बताए । प्रति केजी ७० रुपैयाँ पर्ने गहुँको बिउको ५० प्रतिशत छुट दिएर ३५ रुपैयाँमा बितरण गर्दै आएको जिल्ला कृषि बिकास कार्यालय डोटीले जनाएको छ ।
प्रकाशित ८ कार्तिक २०७४, बुधबार
Leave a Reply