पार्टीले कारबाही गर्ने भएपछि वामगठबन्धन विरुद्धका वागी उम्मेदवार फिर्ता

काठमाडौं । वामगठबन्धन विरुद्ध परेका सबै वागी उम्मेदवारी फिर्ता भएका छन । दुबै पार्टीको शीर्ष नेतृत्व तहमा आन्तरिक छलफल गरेर विवाद समाधान भएको बताइएको छ ।

केन्द्रको निणर्य विपरित मुगु, जाजरकोट र रामेछापमा वागी उम्मेदवारी परेको थियो । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभाका लागि गएको आइतबार मनोनयन दर्ता भएको थियो । एमाले र माओवादीका तर्फबाट जिल्लामा केन्द्रको सहमति र सिफारिस विपरित उम्मेदवार परेपछि केही जिल्लामा विवाद भएको थियो । केन्द्रको सहमति अनुसार एउटा र त्यसको विरुद्धमा अर्को उम्मेदवार परेपछि वाम गठबन्धनमा केही समस्या भएको थियो ।

दबै पार्टीले आ–आफ्नोतर्फका असन्तुष्ट नेताहरुसँग छलफल गरेर वागी उम्मेदवारी फिर्ता लिन लगाएका हुन । यदि वागी उम्मेदवार फिर्ता नलिए दवै पार्टीले कडा कारबाही गर्ने चेतावनी पनि दिएका थिए । आगामी चुनाबमा दुई तिहाई स्थानमा वामगठबनधनलाई विजयी बनाउने उद्देश्यका साथ जुटका एमाले माओवादी लगायतका वामपन्थी पार्टीहरु केन्द्रको निणर्य विपरित जिल्लामा वागी उम्मेदवारी परेपछि गठबन्धन के हुने हो भन्ने शंका पैदा भएको थियो ।

तर दवै दलले बडो सुझबुझका साथ पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी विवाद टुंग्याएका छन । अव वाम गठबन्धनमा वागी उम्मेदवारी समस्या समाधन भएको छ । वठबन्धन थप मजबुत भएको छ । जाजरकोट जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ९क० बाट वाम गठबन्धनको कार्यदलले गरेको भागबण्डा अनुसार नै उम्मेदवारी दर्ता गरेका एमालेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। भागबण्डामा हेरफेर भएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

कार्यदलले गरेको भागबण्डाअनुसार जाजरकोटमा प्रतिनिधिसभा सदस्य माओवादी र प्रदेशसभाका दुवै सिट एमालेले पाउने र हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिट माओवादीले पाउने सहमति भएको थियो। तर, एमाले हुम्लाले आफूहरुले एक सिट पनि नपाए वाम गठबन्धन नमान्ने भन्दै बिरोध गरेपछि जाजरकोटबाट प्रदेशमा एक सिट पाउने गरी हुम्लाबाट माओवादीले एमालेलाई प्रदेशसभाको एक सिट छाडेको थियो। सोही सहमति पालना गर्न केन्द्रले निर्देशन दिएपछि एमालेका आधिकारिक उम्मेदवार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्।

रामेछापमा प्रतिनिधिसभाका लागि वागी उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट हेमन्त पौडेल र २ बाट मैनकुमार मोक्तान मदन ले पनि आफ्नो उम्मेदवारी फिर्ता दिएका छन । मुगुमा बाम गठबन्धनविरुद्ध प्रदेश र प्रतिनिधिसभाको लागि मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीले  बताए ।
पार्टी केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनीपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताए । एमाले माओवादीबीच सिट बाँडफाँडमा मुगुमा प्रतिनिधि र प्रदेशसभाका लागि एमालेको भागमा परेको थियो । त्यसैको विरोधमा केन्द्रको निणर्य विपरित माओवादीका तर्फबाट उम्मेदवारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *