आज छठ पर्व, तराई-मधेसमा हर्षोल्लासका साथ मनाईदैँ

वीरगन्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ। कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ।

मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी अर्थात् बुधबारका दिनदेखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन्। छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरना परेको बुधबार ब्रतालु गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए। बुधबार साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएका थिए। उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर बुधबार साँझदेखि निर्जला ब्रत सुरु गरेका हुन्।

खरनाको भोलि पल्ट अर्थात् बिहिबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो। यस दिनलाई सँझिया घाटे भनिन्छ। ब्रतालु बिहीबार दिउँसो नुहाइ धुवाइ गरी चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, ताल इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन्। छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुले छठी माता र सुर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। त्यसपछि बिहीबार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान र छठी मातालाई ब्रतालुले जलशायमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ ९पूजा ० दिन्छन्। सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ९आफनो घर फर्किन्छन्।

षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् शुक्रबार बिहान झिमिसेमै ब्रतालु फेरि नुहाई धुवाइ गरी चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउदै छठ घाटमा पुग्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरुले श्रीमान्, छोरा९छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासंग अनुनय विनय गर्छन्। सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनीहरुले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्। सूर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाई दिन्छन्। त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन्। उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ।

तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ । दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।
विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।

तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *