धरानका सुकुम्बासीलाई घर नम्बर वितरण

लक्ष्मी दर्नाल,सुनसरी कार्तिक १२

बर्षौदेखी अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गर्ने कार्य नेपालमै पहिलो पटक धरान उप–महानगरपालिले शुरुवात गरेको छ ।

सुकुम्वासीलाई राजस्वको दायरामा ल्याउन र उनीहरुको जग्गाको स्वामित्व उनीहरुलाई नै प्रदान गर्ने उदेश्यले धरानबाट घर नम्बर वितरण गर्ने कार्य शुरुवात भएको हो । धरान उपमहानगरपालिका १३ का राई टोलमा बसोबास गर्दै आएका अव्यवस्थित सुकुम्बासीलाई घर नम्बर वितरण गरिएको छ ।

सो क्षेत्रमा बसोबास गर्दै आएका ७ घरपरिवारलाई शनिवार घर नम्बर वितरण धरान उप–महानगरपालिकाका प्रमुख तारा सुब्बा, उप–मेयर मञ्जु भण्डारीले गरेका थिए । सो टोलमा अहिले ३२ वटा घरपरिवार वस्दै आएका छन भने सो कार्यक्रममा ७ घर परिवारलाई मात्रै घर नम्बर वितरण गरिएको छ ।

घर नम्बर वितरणका लागि अब क्रमबद्ध रुपमा प्रक्रिया अघि बढाएको छ । सोही वडामा बसोबास गर्ने अन्य घरपरिवारलाई समेत अब घर नम्बर वितरण गरिनेछ । घर नम्बर प्राप्त गर्नेहरुमा मन वहादुर राई, सनमान श्रेष्ठ, ढाक बहादुर राई, जग वहादुर राई, राज कुमार राई, पञ्च वहादुर राई र राज कुमार राई रहेका छन् । नगरप्रमुख, उमप्रमुख, कार्यापालिकाका सदस्य, राजनितिक दल, समाजसेवी लगायतको उपस्थितीमा सो टोलका बासिन्दाहरुको घर घरमा पुगेर घर नम्बर वितरण गरिएको थियो ।

धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास व्यवस्थापन समिति गठन गरेर घर नम्बर वितरण गरिएको थियो भने अब समितिले धरानका अन्य वडामा बसोबास गर्नेहरुको पहिचान गरि घर नम्बर वितरण गर्ने कार्य अघि बढाउनेछ । धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास व्यवस्थापन समितिको आयोजनामा भएको घर नम्बर वितरण कार्यक्रममा नगर प्रमुख तारा सुब्बाले सुकुम्बासीलाई नगरवासीको रुपमा परिणत गनै गराउनका लागि घर नम्बर वितरण कार्यलाई अगाडि बढाएको बताए । सुकुम्बासीलाई नगरवासी बनाउन समिति निर्माण गरेको बताउदै अब धरानका अन्य वडामा बसोबास गर्दै आएकालाई पनि घर नम्बर वितरण गर्ने प्रतिवद्धता जनाए ।

सुकुम्बासीको जग्गाको स्वामित्व हस्तान्तरण गर्नका लागि सुक्षम रुपले सुकुम्बासीको अध्ययन गरि उनीहरुको आधारभुत आवश्यकता अनुसार विजुली, निजि धारा जडान, बाटो लगायत परिपुर्ती गर्न सदैव लागिपर्ने जनाए । उनले भने–‘हामीले स्थानिय तहको चुनावमा सुुकुम्बासीको समस्या समाधानमा अहोरात्र खटिने प्रतिवद्धता जनाए अनुरुप नै कामहरु तीव्र रुपमा भईरहेको छ ।

अब हामीले चुनावमा प्रतिवद्धता जनाएका विषयवस्तुहरु क्रमबद्ध रुपमा पुरा गर्नेछौं ।’ ‘धरानलाई सुकुम्बासीमुक्त शहर बनाउन लागि परेका छौं । जसका लागि हामीले केन्द्रबाटै वजेट पनि ल्याउने कार्यमा अघि बढेका छौं । साथै धरानमा नमुना वस्तीको रुपमा स्थापित गराउने कार्यका लागि १ करोडको वजेट विनियोजन गरिसकेका छौं ।

धरानमा नमुना वस्ती कुन वडा बन्ने हो, त्यसका लागि अध्ययन भईरहेको छ ।’ कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य एंव धरान ईञ्चार्ज प्रदिप भण्डारी, नेकपा एमाले धरान नगरका कार्यवाहक अध्यक्ष नारायण सुवेदी, वडा नम्बर १५ का वडा अध्यक्ष नेत्र काफ्ले, महिला सञ्जाल धरानका अध्यक्ष शिला व्रजचार्य, वडा नम्बर १५ का वडा अध्यक्ष नरेश ईवारम, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास  गरि उनीहरुको आधारभुत आवश्यकता अनुसार विजुली, निजि धारा जडान, बाटो लगायत परिपुर्ती गर्न सदैव लागिपर्ने जनाए । उनले भने–‘हामीले स्थानिय तहको चुनावमा सुुकुम्बासीको समस्या समाधानमा अहोरात्र खटिने प्रतिवद्धता जनाए अनुरुप नै कामहरु तीव्र रुपमा भईरहेको छ ।

धरान उप–महानगरपालिका अव्यवस्थित बसोबास व्यवस्थापन समितिका संयोजक हिरादेवी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने हरि वहादुर कार्कीले गरेका थिए ।  यसैबिच, धरानभरि नै १२ हजार २ सय ६६ घरपरिवार सुकुम्बासी रहेका छन् । उनीहरुलाई पनि घर नम्बर वितरण गर्ने प्रक्रिया अघि बढाईने धरान उप–महानगरपालिकाले जनाएको छ ।

प्रकाशित १२ कार्तिक २०७४, आईतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *