फलोअप समाचार : आँखा फुटाइएकी दलित बालिकाको उपचार गर्न सहयोगको आब्हान

समताअनलाइन कार्तिक १४

गए शनिबार दिउँसो १ बजे भोजपुर आम्चोक ९ दुम्मानाकी बलात्कार गरी हत्या प्रयास गरिएकी १४ बर्षिय बालिकालाई उपचारमा समस्या परेको छ । धरानस्थित बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेको हो । उनलाई उपचारका लागि आर्थिक सहयोगको आब्हान गरिएको छ ।

बालिकालाई स्थानीय सरस्वती मावि कक्षा ८ मा अध्यानरत सन्तोष श्रेष्ठले घास काट्न गएको बेला जबरजस्ती गरी खोल्सामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि पीडितले दाजुलाई सुनाईदिन्छु भनेपछि श्रेष्ठले आँखामा हँसिया तथा ढुंगाले हानेर मरिभनि छोडेर भागेका थिए ।

फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरि आबश्यक कारबाही अघि बढाई सकेको संघीय प्रहरी इकाई कार्यालय कोशीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालले बताए । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसमेतको मुद्दा चलाएर कडा कार्बाही बढाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको उपचारमा सबैले सहयोग गर्न आब्हान गरिएको छ । सानै उमेरमा आमा गुमाएकी बालिकालाई उनका दाजु र दिदीले पालनपोषण गर्दै आएको दाजु धनबहादुर लोहारले बताए । उनका बुबा करिब ९ वर्ष अघि रोजगारीका लागि भारत गएको तर अहिलेसम्म फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने छोराछोरीलाई अत्तोपत्तो छैन । उनका दाजु धनबहादुर भर्खर १८ वर्ष पुगेका छन् ।

विहान धान काटेर खाना खाइ दिँउसो घाँस काट्न गएको बेला छिमेकी १९ बर्षिय सन्तोष श्रेष्ठले बलात्कार गरेपछि हल्ला हुने डरले मार्न खोजेको अर्धचेत अवस्थामा रहेकी बालिकाले बताएकी छन् । दलित अगुवा दलमर्दन कामीको पहलमा १३ हजार ५ सय रुपैयाँ संकलन गरेर उपचार थालिएको छ । बालिकाको बाँया आँखा कुटपिटका कारण बाहिर निस्केकोले काम नलाग्ने हुँदा आँखा निकालिएको चिकित्सकले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्था, व्यक्तिहरुलाई आब्हान गरिएको छ । सहयोग गर्न चाहनेहरुले पीडित बालिकाको दाजु धनबहादुर लोहोर (९८०७०४२२९६),  दलमर्दन कामी (९८१३१९७११३) वा स्थानीय पत्रकार तारा लामगादे (९८१५३०६०५२) लाई सम्पर्क गर्न सकिने छ ।
प्रकाशित १४ कार्तिक २०७४, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *