प्रथम मेयर कपको उपाधी डाईनामिकलाई

रोजेन्द्र जोशी डोटी,कार्तिक २१

डोटीमा सात दिनसम्म संचालन भएको प्रथम मेयर कप खुल्ला क्रिकेट प्रतियोगीताको उपाधी डाईनामिक ब्वाईज दिपायलले हात पारेको छ ।

जिल्ला सदरमुकाम सिलगढीस्थित टुडिखेलमा संचालन भएको मेयर कप क्रिटेट प्रतियोगिताको फाईनल खेल डाईनामिक ब्वाईज दिपायल र वाईवाईसिसि दिपायल बिच भएको थियो । पहिलो ब्याटिंग गरेको वाईवाईसिसिले डाईनामिकलाई ६५ रनको लक्ष दिएको थियो । डाईनामिकले ४ विकेटको क्षेतीमा ८ ओभरमा नै आफ्नो लक्ष्य पुरा गरेको थियो । फाईनल खेल १५ ओभरको खेलाईएको आयोजकले जनाएको छ भने तेडीमाण्डौ थापलाको टिम तेस्रो भएको छ ।

१० वटा टिमको सहभागीता रहेको प्रतियोगीता अन्र्तराष्ट्रिय मापदण्डको नियमअनुसार खेल खेलाईएको थियो । हिजो नै एक कार्यक्रमका विच प्रतियोगीमा प्रथम हुने टिमलाई ३५ हजार दोस्रो २० हजार र तृतिय १० हजार नगद सहित ट्रफि पुरुस्कृत गरिएको थियो ।

शैलेश्वरी क्रिकेट क्लबको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा बेष्ट बलरको रुपमा बिजय खड्का र बेष्ट ब्याट्सम्यानमा तेज मेधासी सम्मानित भएका थिए । त्यस्तै राईजिंग पिलेएरको रुपमा आयोजक तर्फका खेलाडी आयुष घले बन्न सफल भएका थिए भने म्यानअफद सिरिज डिएफओका खेलाडी सन्तोष केसी भएका थिए ।

डोटीमा उपयुक्त खेल मैदान नभए पनि डोटेली खेलाडीहरुले खेल खेल्ने, खेलाउने गरि रहेको छन् । खेल मैदान खेल सामाग्रीहरु नभएपछि पछिल्लो समय खेलाडीहरु पलायन हुने अबस्था सृजना हुन थालेको आयोजक संस्थाका अध्यक्ष राजु घलेले समताअनलाइनसंग बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *