दलित अधिकारका लागि  युवा सम्मेलन

सुशील दर्नाल काठमाण्डौं,कार्तिक २४

‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको ‘नेपाल दलित युवा सम्मेलन’ चौधबुँदे घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न भएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरी संयुक्त राष्ट्रसंघलाई जातीय विभेदका आधारमा हुने सबै प्रकारका विभेद तथा छुवाछूतजन्य व्यवहारलाई छुट्टै अन्र्तराष्ट्रिय समस्याका रुपमा लिई सम्बोधन गर्न र नयाँ संयन्त्र निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।

दलित युवा एलायन्सद्वारा आयोजित उक्त सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागिता रहेको थियो ।
विभेदसम्बन्धी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कानून, नीति र मानव अधिकारका सिद्धान्तको कार्यान्वयन गर्न तथा भए – नभएको निगरानी गरी आमसञ्चारको माध्यमबाट सु–सूचित गर्न युवाले पहल गर्नुपर्नेसमेत सम्मेलनले निर्णय गरेको दलित युवा एलायन्सका अध्यक्ष चेतनारायण रसाइलीले जानकारी दिनुभएको हो ।

आम सञ्चारमाध्यमले दलितसम्बन्धी घटनालाई अनुसन्धान तथा विश्लेषणात्मक रुपमा निरन्तर प्रकाशन÷प्रसारण गरी अग्रसरता लिन पनि दलित युवाले समन्वय गर्ने भएका छन् ।जातीय भेदभाव तथा (कसूर र सजाय) ऐन, २०६८ आए पनि पानी छोएको निहँुमा वा अन्तरजातीय विवाह गरेकै कारण दलित युवाको ज्यान गएको छ ।

महासचिव दीपक सोवीले संघ, प्रदेश तथा स्थानीय तहमा दलित समुदायको अधिकार सुनिश्चितताका लागि दलित युवाको सहकार्यलाई क्रियाशील बनाउने र स्थानीय तहमा निर्वाचित भएर आएका दलित समुदायका जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *