निर्धारित समयभन्दा २० सेकेन्ड अघि नै रेल गुड्दा जापानी रेल प्रशासनले माफी माग्यो

१ मंसिर ,काठमाडौँ । तोकिएको समयमा निर्धारित सेवा दिनु जापानको रेलसेवाको पहिचान नै हो ।

हालै एक रेलले तोकिएको समयभन्दा २० सेकेन्ड छिटो स्टेशनबाट गुडाइएको कारण रेलवे प्रशासनले क्षमा मागेको छ ।

रेलवे प्रशासनले आफ्ना वेबसाइटमा माफी माग्दै लेखेको छ, ‘रेल निर्धारित समयभन्दा अघि नै गुडेको थियो । यसकारण यात्रीहरुले असुविधा भोग्नु परेको हुन सक्छ । यात्रीहरुमा भएको असुविधाप्रति हामी माफी माग्दछौं ।’

समाचार एजेन्सीहरुका अनुसार टोकियोको अकिहाबरा र इबारकी प्रान्तको सुकुबाबीच चल्ने रेल निर्धारित समयभन्दा २० सेकेन्ड पहिला नै स्टेशनबाट गुडेको हो । मंगलबार बिहान ९ः४४ मा छुट्नु पर्ने रेल २० सेकेन्ड अघि नै छुटेको बताइन्छ ।

छिटो छुटेकोमा भने यात्रुका तर्फबाट कुनै गुनासो नआए पनि रेलवे प्रशासनले जनाएको छ । यो रेलवे लाइनमा प्रत्येक चार मिनेटमा एउटा रेल गुड्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *