हस्तकलाका सामग्री प्रवद्र्धन मेला आजदेखि शुरु

काठमाडौं,मंसिर १

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिएकी छिन् ।

नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा आजदेखि शुरु भएको १५औँ संस्करणको हस्तकला मेला तथा १३ आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने बताइन् ।
युवा पुस्तालाई आकर्षण गर्न आवश्यक रहेकोले नेपाली हस्तकलाकाका सीप र कलाले अन्र्तराष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको छ । उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ शुरु भएको प्रदर्शनीमा २५ जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्री करिब २०० प्रदर्शनी कक्षमा राखिएका छन् । गत आवमा करिब १० अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । करिब १५ अर्ब लगानी रहेको यस क्षेत्रले ११ लाखलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले सरकारले गरिबी न्यूनीकरणका लागि हस्तकलाको विकासमा जोड दिनुपर्छ भने । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले नयाँ पुस्तालाई हस्तकलाको व्यापारमा आकर्षित गराउन आवश्यक रहेकोमा जोड दिए ।

विसं २०४८ देखि हस्तकला महासंघले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस किसिमको प्रदर्शनी आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *