
शिखर नगरपालिका ३ मुडभरा जोरागाउँका कृष्ण बहादुर भुल र कलावतीदेबी भुलकी कान्छी छोरी हुन् शोभा कुमारी भुल । शोभा अहिले ९ बर्षकी भईन् । उनका दुई जना दाजुहरु पनि छन् । शोभा जोरागाउँस्थित श्री कालिका आधारभुत बिद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । चरम गरिबी अबस्थाबाट गुज्रेको उनको परिवारमा बर्षदिन खान पुग्ने खेतवारी छैन् । पूर्खेउली सम्पतीको नाममा ओत लाग्ने सानो घरबास मात्र छ ।
जिवन गुजाराका लागि अधियाको रुपमा अर्काको पाखोबारी कमाईएको छ । आकाशे पानीको भरमा खेती हुने पाखोबारीमा बर्षभरी पसिना बगाए मुस्किलले सात भारी गहुँ,पाँच भारी धान फल्छ । फलेको अन्नपात जग्गा धनीलाई दिदा तीन भारी गहुँ र दुई भारी धान भाग पर्छ । भाग परेको अन्नले तीन महिना खान पुग्दैन् । साँहुबाट ऋणकर्ज मागेर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ । यही समस्याका कारण कृष्ण बहादुर भुललाई घर परिवारबाट टाढिएर मुग्लान कुर्न बाध्य पारेको छ ।
आफ्नो नाममा एकटुक्रा जमिन छैन् । अर्काको अधिया खेतीपातीले तीन महिना खान नपुग्ने अबस्था भएपछि श्रीमान घर परिवार पाल्नकै लागि मुग्लान (भारत) जानु परेको कलावतिले बताईन् ।
काम नगरि हामी गरिबलाई खान नपुग्ने भएपछि पढाई गरेर पो के काम भन्दै कलावतीले स्कुल पढ्दै गरेकी छोरीलाई पढाई छुटाएर गाई,गोरु गोठालो र घासपात गर्न लगाएकी थिईन् । एक्शनएड नेपालको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत शिक्षा सरोकार समूहले बिद्यालय छोडेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने अभियान संचालन गरेको थियो । शिक्षा सरोकार समूहले बिभिन्न गाउँहरुमा अभियान संचालन गरि बिद्यालय छोडेकाहरुलाई बिद्यालय भर्ना गर्न अभिभावकहरुसंग छलफल सुरु गरेको थियो ।
शिक्षा सरोकार समूहको छलफलमा कलावती धेरैपटक सहभागि भईन् । सरोकार समूह सदस्यहरुले कलावतीलाई सम्झाउँन थाले । शिक्षाको महत्व बारे बुझाउँन थाले । छलफलबाट उनले शिक्षाको महत्व बारे बुझ्न थालिन् । कलावती भन्छिन्, समूहको छलफलमा शिक्षाको महत्व बारे धेरै कुरा थाहा पाए, अशिक्षित भएकै कारण गाउँका महिलाहरुले दुःख पाउनु परेको र शिक्षालेनै मान्छेहरु अघि बढ्न सक्ने कुरा थाहा पाएपछि आफैले पढाई छुटाएकी छोरीलाई पुनः स्कुल पठाएको हु ।
शिक्षा सरोकार समूहको निरन्तरको प्रयासले शोभा अहिले नियमित बिद्यालय जान थालेकीछन् । पढाईमा निकै रुचि राख्ने, राम्रो पढाईलेखाई भएकी शोभालाई उनकी आमा कलावतीले घरको काम गर्नका लागि भनेर स्कुल छुटाएकी थिईन् धेरै समयपछिको पहलबाट अहिले पुनः शोभा स्कुल आउन थालेको श्री कालिका आधारभुत बिद्यालयकी प्र.अ.घण्टेश्वरी जोशी बताउछिन् ।
पढ्ने ईच्छा भएर पनि घरको काम र आमालाई सघाउनु पर्ने हुँदा बिद्यालय जान छोड्नु परेको शोभा बताउँछिन् । मेरा दौतरीहरु सधै स्कुल जाने, बिभिन्न खेल खेल्ने,शुक्रबारे साँस्कृतिक कार्यक्रममा सहभागि हुँने र बाल क्लबमा मार्फत बिभिन्न कार्यक्रमहरु संचालन हुँदा मन असाध्यै पिरोलिने गथ्र्यो तर के गर्नु घरको कामले गर्दा स्कुल जानबाट बंचित हुनु परेको उनले बिगत सम्झदै सुनाईन् ।
अभिभावकले शिक्षाको महत्व नबुझेकै कारण स्कुल पढ्नबाट बंचित हुनु परेको शोभा भुलको घटनाले पुष्टि गरेको छ । कक्षा एक देखी नियमित बिद्यालय गईरहेकी शोभा अभिभावकले शिक्षाको महत्व नबुझेकै कारण पढाई छोड्नु प¥यो र फेरी अहिले स्कुल आउन थालेकी छन् ।
घरको काम गर्नु प¥यो भनेर आमालेनै स्कुल छुटाउनु भयो,अहिले फेरी आमालेनै घरको काम आफै सम्हालेर स्कुल पठाउनु भयो । अहिले म नियमित बिद्यालय जाने गर्नुका साथै बिहान बेलुका आमालाई पनि घरको काममा सघाउने गरेको शोभाले बताईन् ।
पहिलो पटक समुदायमा गरिएको बिद्यालय शिक्षा अधिकार सम्बन्धी जानकारी गराउँदा पढाई छोडेकी शोभालाई स्कुल पठाउन छलफल गरियो, उनकी आमासंग भेटघाट र छलफल गरियो शिक्षा सरोकार समुहको निरन्तरको प्रयासले गर्दा उनि पुनः स्कुल जान थालेको शिक्षा सरोकार समूहका अध्यक्ष लाल बहादुर जोराले बताए ।
एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालले गुणस्तरिय शिक्षा परियोजना तीन बर्षदेखी श्री कालिका आधारभुत बिद्यालयमा कार्यक्रम संचालन गर्दै आएको छ । शिक्षालाई निःशुल्क र गुणस्तरिय बनाउन बिभिन्न सचेतनामुलक र बिद्यालयको सिकाई उपलब्धिका लागी बालमैत्री सामाग्रीहरु सहयोग,बिभिन्न तालिम,गोष्ठीहरु संचालन र समुदाय स्तरिय छलफल र घरदैलो भेटघाट कार्यक्रम संचालन गर्दै आएको गुण स्तरिय शिक्षा परियोजना संयोजक अधिराज बि.सी.ले बताए ।
संयोजक बि.सी.का अनुसार गुणस्तरिय शिक्षाका लागि स्थानीय स्तरमा शिक्षा प्रबद्र्धनका लागी आबश्यक सहयोग र सहजिकरण गर्न शिक्षा सरोकार समूह, बाल क्लब र आमा समूह गठन गरि परिचालन हुदै आएको अबस्थामा बिगत केही समय देखी शिक्षा सरोकार समुहले बिद्यालयको शैक्षिक गुणस्तर मात्र नभई बिद्यालय बाहिर भएका बालबालिकाहरुलाई बिद्यालय पु¥याउने महत्वपूर्ण काम गर्दै आएको छ ।
गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत योजना निर्माण गरि बिद्यालय र समुदायमा शिक्षा सरोकार समूहले बिबिध कार्यहरु गर्दै आएको छ । हरेक बर्षको भर्ना अभियानमा सहयोग र बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्नामा सहयोग तथा अतिरिक्त क्रियाकलापमा सहयोग गरिदै आएको गुणस्तरिय शिक्षा परियोजना संयोजक बि.सी.ले बताए ।
शिक्षा सरोकार समुहले गाउँघरमा घरदैलो भेटघाट, छलफल कार्यक्रम निरन्तर गरेपछि बिद्यालय छोडेका शोभा भुल र तिलख जोरालाई बिद्यालय ल्याउन सफल भएकोमा निकै खुशी लागेको श्री कालिका आधारभुत बिद्यालयकी प्र.अ.घण्टेश्वरी जोशीले बताईन् ।
शिक्षा सरोकार समुहको पहलमा भएको सकारात्मक कार्यले सकारात्मक काम भएको र यसरीनै सबै अभिभावहरुले शिक्षाको महत्वको बारेमा बुझ्न सके शिक्षा पाउनबाट कसैले पनि बंचित हुन नपर्ने स्थानीयहरु बताउँछन् ।
एक्शनएड नेपालसंगको साझेदारी सम विकास केन्द्र नेपालद्धारा संचालित गुण स्तरिय शिक्षा परियोजनाको सहयोगमा तयार पारिएको सफलताको कथा
Leave a Reply