पुर्वाञ्चल सिंगिङ स्टार–५ को चौथो चरणको अडिशन

समताखबर
  २१ कार्तिक २०७४, मंगलवार ०२:५०

लुकेर रहेका गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजित पुर्वाञ्चल सिंगिङ स्टार सिजन–५ को चौथो चरणको छनौट (अडिशन) सकिएको छ ।

‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आईतबार धरानमा सो अडिशन सम्पन्न भएको हो । अडिशनमा सहभागि भएका ८२ जना प्रतियोगिहरुबाट ६० जनालाई छनौटमा गरिएको छ ।

अडिशनमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीबाट प्रतियोगीहरुले सहभागिता जनाईरहेका छन् । बागिनाका संस्थापक एवं कार्यक्रमका संयोजक भक्तिराज राईका अनुसार पहिला २ सय ३ बाट छनौट गर्दैै अहिले ६० जनालाई छनौट गरिएको छ । अव ६० जनाबाट टप ४०, टप ३०, टप २० र टप १० गरेर छनौट गरिने उनले बताए ।

छनौटका लागि प्रतियोगिहरुले चाहेका जुनसुकै नेपाली गीत संगितका गीतहरु गाउन सक्न दिईएको बताउदै प्रतियोगितामा १० देखि ३५ वर्ष उमेर समुहका प्रतियोगिहरुले भाग लिईरहेको उनले जनाए । उनले भने–‘हामीले गीत संगितको माध्यमबाट प्रतिभावन व्यक्तिलाई छनौट गरी उनीहरुको भविष्य बनाईदिने काम गरिरहेका छौं ।’ प्रतियोगिताको फाइनल आगामी माघ दोस्रो साता धरानस्थित सभागृहमा हुनेछ ।

फाइनलमा १४ वटै जिल्लाबाट एक-एक जना उत्कृष्ट प्रतियोगीहरु छनौट हुनेछन र उपाधिको लागि गायन भिडन्त हुनेछ ।’ गायकसमेत रहेका संयोजक राईले भने–‘कार्यक्रमको उद्देश्य भनेको प्रतिभा भएर पनि गाउँघरमा लुकेर बसेकाहरुको पहिचान गरेर सबैको सामु उजागर गर्नु हो ।’ फाईनलका विजेतालाई ट्रफी, नगद ५० हजार, २ वटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्षको कोर्षको अवसरसंगै पढाईका लागि छात्रावद्धि र एउटा गीटार, दोश्रो हुने प्रतियोगीलाई ट्रफी, नगद २५ हजार, १ वटा गीत रेकर्ड, ६ महिना निशुल्क म्युजिक कोर्ष, गीटार र तेश्रो हुने प्रतियोगिलाई ट्रफी, नगद १५ हजार १ वटा गीत रेकर्ड, ३ महिना निशुल्क संगित कोर्ष र गीटार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *