स्वस्थ मुटुका लागि नियमित चना खानु उपयोगी

समताखबर
  २३ कार्तिक २०७४, बिहीबार ०३:४२

चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ । चनामा प्रोटीन, फाइबर र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ, जसले हामीलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

भिजाएको टुसा उम्रेको चनाले शरीरमा शक्ति र शरीरलाई बलियो बनाउने राम्रो स्रोत हो । नियमित भिजाएको चना खानाले कमजोरी कम हुनुका साथै यसका अन्य फाइदा पनि छन् ।

जानौँ भिजाएको चना खानुको फाइदा :

स्वस्थ मुटु : चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक एसिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मुटु सम्बन्धी रोग र कार्डियो भास्कुर सम्बन्धी खतरालाई कम गर्छ ।

कब्जीयतमा राहत : भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

यूरिन प्रब्लम : भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

हेल्थी स्किन : भिजाएको चनामा नुन नहालि सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

तौल बढाउँछ : यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि बलियो बनाउँछ ।

सर्दीमा राहत : चनाले शरीरको इम्यूनिटीलाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

रगतको मात्रा पुरा : चना आइरनको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

कसरी खाने चना : एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । रात भर (करीब ९ घन्टा) चनालाई त्यस पानीमा भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रो सँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।   (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *