बैतडीमा सुरक्षित  प्रसुति सेवा केन्द्रको संख्या १२७ 

समताखबर
  २३ कार्तिक २०७४, बिहीबार ०८:५३

२३ कात्तिक
बैतडी । बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १२७ पुगेको छ ।

स्वास्थ्य सूचकांकमा नेपालको छैठौं स्थानमा रहेको बैतडीलाई एक नम्बरमा र्पुयाउने उद्देश्यअनुसार स्वास्थ्यकर्मी तथा सरोकारवालाको पहलमा दोगडा केदार गाउँपालिका ३ श्रीकोटमा थप एक सुरक्षित प्रसुती सेवा केन्द्र स्थापना गरिएको छ ।

बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

६ वर्षअघिसम्म स्वास्थ्य सूचकांकको ६८ औं नम्बरमा रहेको बैतडी पछिल्लो ५ वर्ष यता लगातार उत्कृष्ठ १० मा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *