
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका केन्द्रिय कार्यकारी निर्देशक चुप बहादुर थापाले ‘फाटेको मन सम्वादको सियोले सिउनुपर्ने’ बताएका छन् । डोटीका स्थानीय तहका निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
शान्तिपूर्ण र सुसँस्कृत समाज निर्माणको मूख्य लक्ष्यका साथ २०७० सालमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल स्थापना भएको स्मरण गर्दै कार्यकारी निर्देशक थापाले भावुक बन्दै समाजमा शान्ति स्थापनाका लागि सबैले संयमित हुन आग्रह गरे ।
राजनीतिक रुपमा मात्रै हेर्ने हो भने उम्मेदवारीका लागि टिकट नपाएकै झोकमा एउटा पार्टी छोड्दै अर्काे पार्टी प्रवेश गर्ने परिपाटी पनि द्धन्द्ध वा मन फाट्नु नै भएको संज्ञा दिए । जहाँतहीं विवाद हुने भएकाले शान्तिपूर्ण समाज निर्माणका लागि प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले फाटेको मन सिउने अभियान नै सञ्चालन गरेको उक्त संस्थाले जनाएको छ ।
खास गरी वन क्षेत्रमा हुने विवादका विषयमा विवाद समाधानको काम गर्दै आएको संस्था कृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाललेमाकुरा विधि र खाट विधीबाट काम गर्दै आएको संस्थाका डोटीमा कार्यरत राष्ट्रिय श्रोत व्यक्ति लोकबहादुर थापाले जानकारी दिए ।
हालसम्म प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले देशभरका करिब ४ हजार विवाद समाधान गरिएको र डोटीमा ३ वटा वन विवादको सफल समाधान भएको जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति डोटीसँगको समन्वयमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको उक्त कार्यक्रममा निर्देशक थापाले देशैभर संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष कृष्ण मलासीको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका प्रमूख, उपप्रमूख, वडा अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्यहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
Leave a Reply