आशिष बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक उत्सव (फोटो फिचर)

समताखबर
  २६ कार्तिक २०७४, आईतवार १२:०२

आशिष बचत तथा ऋण सहकारी संस्थाको आ.व.२०७३÷०७४ मा १४ करोड ४३ लाख ८४ हजार ५ सय ८४ रुपैंयाको कारोबार गर्न सफल भएको छ ।


एक बर्षको अबधिमा संस्थाको कुल आम्दानी २६ लाख ९९ हजार १ सय २८ रुपैंया ५८ पैसा रहेको छ भने खुद नाफा ८१ हजार २ सय रुपैंया रहेको छ । संस्थाको सेयर रकम ३० हजार ४९ हजार ४ सय ३८ रुपैंया रहेको छ भने अव संस्थाले १ करोड भन्दा बढी शेयर रकम पुर्याउने लक्ष्य राखेको छ ।

संस्थाले आईतबार धरानस्थित हरियाली सामुदायिक बनमा आयोजना गरेको सातौं बार्षिक उत्सवमा आय, व्यय र नाफाका बारेमा जानकारी गराएको हो । संस्थाको बार्षिक प्रतिवेदन संस्थाका प्रबन्धक महिन्द्र बोगटीले प्रस्तुत गर्दै भने–‘संस्थामा २ सय ३४ जना शेयर सदस्यहरु छन । उहाहरुले हामीलाई विश्वास गरेर आफ्नो लगानी संस्थामा लगाउनुभयो । उहाहरुकै विश्वासले संस्था यो अवस्थामा आईपुगेको छ ।’

संस्थामा दक्ष कर्मचारी र पदाधिकारी कार्यरत रहेको र सबैको साथ र सहयोगले गर्दा संस्था अहिले घाटामा नरहेको उनले बताए । सोही अवसरमा संस्थाले प्रोत्साहन स्वरुप असल ऋणी ईन्द्र कुमारी राई र असल बचतकर्ता पबित्रा राईलाई प्रमाणपत्र र ट्रफीद्धारा सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी समन्वय समिति क्षेत्र नं.१ का संयोजक दिनेश श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा धरान नगर सहकारी तदर्थ समितिका संयोजक मिसन लामा, पास्टर मनि कुमार राई, संस्थाका सल्लाहाकार डाक कुमारी राई, संस्थापक अध्यक्ष भरत श्रेष्ठ, कार्यक्रम संयोजक तथा सल्लाहाकार लक्ष्मण श्रेष्ठ, सल्लाहाकार रण बहादुर मगर लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

सुवास बर्देवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शोभा भण्डारीले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन महिन्द्र बोगटीले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *