जन्मदिनको अवसरमा ‘एकल गजल गायन’मा गुञ्जदै मनोजराज

समताखबर
  २ मंसिर २०७४, शनिबार ०३:३९

शास्त्रिय संगितमा कहलिएका  चर्चित गायक तथा संगीतकार मनोजराज शिवाकोटी पहिलो एकल गजल गायनमा गुञ्जिने भएका छन् । लाइभ गजल गायनमा अब्बल मानिएका मनोजराज आफ्नो जन्मदिनको अवसर पारेर आगामी मङ्सिर ५ गते ‘महफिलमा मनोजराज’ मार्फत एकल गजल गायन गर्दै दर्शक तथा श्रोतासँग एकाकार हुने भएका हुन् । मूर्छना संगीत एकेडेमीको आयोजनामा कालिकास्थान काठमाडौं स्थित सर्वनाम थिएटरमा दिनको ३ः१५ बजे कार्यक्रम हुने तय भएको छ ।

लाइभ गजल सुन्ने परम्पराको थालनी गर्न र गजललाई उचाईमा दिन आफु लागि परेको गायक मनोजराजले बताए । उनले भने–‘धेरै आधुनिक गीतहरु गाए पनि आफुलाई लाइभ गजल गाउन मन पर्ने भएकाले यो कार्यक्रम आयोजना गरिन लागेको हो । छिमेकी देश भारत र पाकिस्तान जस्तै नेपालमा पनि गजल गायनलाई टिकटमा सुन्ने परम्पराको थालनी गर्नु परेको र कार्यक्रम सोचेभन्दा राम्रो हुने मनोजराजले बताए  ।

टिकटको मूल्य रु. १०० र  रु. ५०० राखिएको आयोजकले बताएको छ । मधुवन, साहित्य परिवार र शब्द घरले कार्यक्रमको सहआयोजक रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *