नेपालका लागि दमकल अभियानले शुरु ग¥यो क्राउडफन्डिङ

समताखबर
  ११ मंसिर २०७४, सोमबार ११:०९

नेपाल दमकल अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान शुरु गरेको छ ।

दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस यात्राको अविस्मरणीय वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनेछ ।

दशवटा दमकललाई हिमालयदेखि काठमाडौँसम्म चलाएरै पु¥याउन तीन वटा दमकलले ५० लाख मानिसलाई सेवा पु¥याइरहेको स्थानीय अग्नि नियन्त्रण विभागलाई दमकल अनुदान दिन अन्र्तराष्ट्रिय सेलेब्रिटीहरु, कूटनीतिज्ञ र साहसिक यात्रा गर्नेहरु एकजुट भएका छन् ।

विशिष्ट कार्यक्रमको प्रचारप्रसारबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धन हुनेछ । सामाजिक सञ्जालमार्फत अभियानले विश्वव्यापी रुपमा विशाल प्रचारप्रसार गर्ने अपेक्षा गरिएको छ ।

साहसिक यात्रालाई एउटा क्यामरा समूहले दृश्यमा कैद गर्नेछ जसलाई दुई भागमा निर्माण गरिनेछ । संयुक्त राज्य अमेरिकाको पिबिएसका लागि एक घण्टा लामो दुई शृङ्खला र ९० मिनेटको एउटा कथानक चलचित्र ।

यी कार्यक्रमले नेपाल भ्रमण गर्न मानिसलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ । अभियानको नेतृत्व नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी र प्रख्यात पर्वतारोही तथा टेलिभिजन व्यक्तित्व रसेल ब्राइसले गर्नेछन् ।

विगत सात वर्षदेखि तयारी गरिएको छ र यसमा लोकप्रिय टेलिभिजन शृङ्खला द सोप्रानोसका स्टार स्व जेम्स ग्यान्डोल्फिनी पनि शुरुदेखि नै सहभागी थिए ।

सन् २०१५ का दुईवटा भूकम्प र नाकाबन्दीले अभियानलाई प्रभाव पारे पनि, असंख्य अन्य अन्र्तराष्ट्रिय सेलेब्रिटी र साहसिक यात्रीहरुले सहकार्य गर्ने जनाएपछि धैर्यता र दृढताले अन्ततः फल पाएको छ ।

अभियानको अन्तिम चरणका रुपमा क्राउडफन्डिङ अभियान अघि आएको हो । मनिषा कोइराला, राजेश हमाल र सुनिल थापाजस्ता बलिउड र नेपाली चलचित्रका लोकप्रिय हस्तीहरु माल्कोम म्याकडावल, माइकल इम्पिरयोद्यी र स्कट ग्लेन जस्ता अन्र्तराष्ट्रिय कलाकारसँग जोडिँदै छन् ।

रक ब्याण्ड एक्स्ट्रिमका नुनो बेट्टेनकोर्ट र ल्याम्ब अफ गडका क्रिस एडलर लगायत प्रख्यात पर्वतारोही राइहोल्ड मेस्नरले पनि वीरगञ्जदेखि काठमाडौँसम्मको चुनौतीपूर्ण सडकमा दमकल कुदाउने छन् ।

अभियानको आधिकारिक वेबसाइटमा नेपाल आउने यी स्टारहरुको उत्साह देख्न पाइन्छ । क्राउडफन्डिङ अभियानमा सहभागी भएर, सहयोगीहरुले अभियानलाई सहयोग गर्ने मात्रै नभएर नेपालको अर्थतन्त्रलाई पनि सहयोग गर्नेछन् ।

मानव बेचबिखनका पीडित वा जोखिममा रहेका युवा महिलाले आफ्नो हातैले नेपालमै बनाएका आरामदायी पोशाक र यात्राको क्रममा उपयोगी हुने सामग्री पनि समावेश गरिएका छन् । अभियानका समार्थकहरुले पुरस्कारबाट आफ्ना लागि उपयुक्त सामग्री छनोट गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *