कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैन : प्रम देउवा

कालीकोट, मंसिर ७ प्रधानमन्त्री देउवाले कर्णालीको हरेक क्षेत्रमा पछि परे पनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताएका छन् । कार्यक्रममा बोल्दै उनले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताए ।

नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएको हो ।

प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गरे ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेस लागिपरेको बताए ।

साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *