शरीर जलेका युवालाई युकेबाट सहयोग

करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट दुई लाख सहयोग गरिएको छ ।

आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले दुई लाख सहयोग गरेका छन् ।

आर्थिक सहयोग पाएपछि रास्कोेटीलाई उपचारका लागि ठूलो राहत मिलेको छ । करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस्या भएको थियो ।

आर्थिक सहयोग प्राप्त भएपछि उपचार सम्भव भएको स्थानीय बासिन्दा विष्णु परियारले बताए ।

ज्ञवाली तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीमा जन्मेर हाल सबै परियार युके बस्दै आएका छन् । यसअघि पनि आफ्नै लगानीको अर्गलीको कुसेनीमा चौतारी निर्माण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *