संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक

काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताइएको छ ।

ज्यापू संस्कृति विकास कोषले आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवसमा नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइएको छ ।

भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृतिको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी रहेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीको विश्वास रहेको छ ।

आधुनिकीकरणले नेपालको मौलिक कला संस्कृति क्रमशः छायामा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिरिवाजको जर्गेन गर्न कञ्जुस्याइँ नगर्न आग्रह गरिन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान शुरु गरिसकेको बताए ।

भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गरेकी थिइन् ।

ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको जर्गेनाको रक्षाका लागि सबैको सहयोग जरुरी रहेको बताए ।

मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीको समेत प्रदर्शनी गरिएको थियो । विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *