
पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि हाइड्रोपोनिक प्रविधि सफल भएको छ ।
एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लागेका कुश्माका लालबहादुर हरिजनले सफल परीक्षण गरेका छन् ।
अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका उनी गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको छ ।
युवापुस्ताका लागि लोकप्रिय मानिएको प्रविधि जिल्लामा पहिलोपटक भित्रिएको हो । युवाको भीडमा हरिजनले कृषिमा आधुनिक प्रविधि भित्र्याएका हुन् ।
कृषिमा धेरै परिश्रम गर्न नचाहाने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ ।
सम्पन्न मुलुकमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ । करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ ।
सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ ।
दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ ।
Leave a Reply