स्व. प्रकाश दाहालकी पत्नी बिना दोब्बर मतले अगाडि

कञ्‍चनुपुर । जारी मत गणनाको पछिल्लो परिणामअनुसार कञ्चनपुर १ बाट उम्मेदवार माओवादी नेतृ स्व.प्रकाश दाहालकी पत्नी बिना मगर दोब्बर मतान्तरले अग्रता लिएकी छन् ।

बिनाले ६ हजार ५२ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह बिष्टको ३ हजार ३९ मत ल्याएका छन् ।

यसैबीच मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् ।

मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *