आप्रबासी कामदारहरुका सवाल बारे संचारकर्मीहरु संग अन्र्तक्रिया

डोटी पुष ३

डोटीका संचारकर्मीहरुले विदेशिएका नेपाली आप्रवासीहरुको अधिकारप्रतिका लागि सरकारलाई दवाव दिन संचारकर्मीहरु सक्रिय भई लागि पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा सोमबार महिला तथा बालबालिका कार्यालय डोटीको सभाहलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा संचारकर्मीहरुले सो कुरा बताएका हुन् । अन्र्तरक्रिया कार्यक्रममा अछाम,डोटी र कंचनपुरमा सुरक्षित आप्रावासन कार्यक्रम संचालन गर्दै आएको निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाशचन्द्र मडैले डोटी र कंचनपुरमा सुरक्षित आप्रावासन सम्बन्धी गरिएको अध्ययनको बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा बिम्ब साप्ताहिकका सम्पादक रामहरी ओझाले आप्रबासी कामदारहरुका सवाल र संचारकर्मीहरुको भुमिका बिषयमा आधार पत्र प्रस्तुती गरेका थिए ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार सोमबार नेपालमा पनि यो दिवस मनाइएको हो । यस वर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक ‘रोजगार, हाम्रो सरोकार’ भन्ने रहेको छ । अन्र्तक्रिया कार्यक्रममा डोटीमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । निड्स नेपालकी अध्यक्ष अन्जु भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *