ओलीजीको भन्दा राम्रो पार्टी प्रचण्डले चलाउँन सक्छन् : नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकताको पार्टी अध्यक्ष दिँदा केही फरक नपर्ने बताएका छन् । नेता नेपालले प्रचण्डको नेतृत्व र सांगठानिक क्षमताबारे आफूलाई जानकारी भएको बताउने गरेका छन् ।

आफू निटकका नेताहरुसँगको छलफलमा नेता नेपालले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलेभन्दा प्रचण्डले पार्टी राम्रोसँग चलाउने बताएका हुन् । नेता नेपाल एकता प्रक्रियामा माओवादी केन्द्रलाई सम्मानजनक हैसियत दिनु पर्ने बताउँदै आएका छन् ।

उनले आफ्नै पार्टीका महासचिवलगायतका नेताहरुले एकल नेतृत्वको पक्षमा दिएका अभिव्यक्तिको खण्डन गर्दै बहपदीय प्रणालीमा जानु पर्ने बताउँदै आएका छन् ।

मंगलबार आफू निकटका नेताहरुसँगको छलफलमा नेता नेपालले प्रचण्डलाई अध्यक्ष मान्न आफूहरु तयार रहेको बताएको बताइएको छ । नेता नेपालले अब उखान र टुक्काले भन्दापनि विवेकले पार्टी चलाउने बेला आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *