२८.५ प्रतिशत जनता अझै गरिब, नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब

५पुस, काठमाडौँ । मुलुकका २८.५ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन् ।

नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सुचाङ्का सम्बन्धी प्रतिवेदनमा उनीहरु धेरै कुराबाट वञ्चित भएको देखाइएको छ ।

१० वटा सुचकमा आधारित एमपिआईका आनुसार सन् २००६–१४ को अवधिकमा नेपालको गरिबी आधा घटेको थियो ।

बहुआयामिक गरिबी दर उच्च रहेको प्रदेश नं. ६ र प्रदेश नं. २ छ भने ५० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।

त्यहाँको जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार प्रदेश नं. ५ र ७ मा गरिबीको दर ३० प्रतिशत रहेको छ । प्रदेश नं. ३, १,४ मा १५ प्रतिशत रहेको उल्लेख छ ।

बहुआयामिक गरिबी सुचाङ्काले नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहभित्रका छन् । ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *