ओली प्रधानमन्त्री भएकै दिनबाट लोडसेडिङ

काठमाडौँ । हालै सम्पन्न निर्वाचनले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई सरकार चलाउने सुविधाजनक बहुमत प्राप्त भएको छ । केन्द्र सरकारमा दुई तिहाई नजिक र धेरै प्रदेशमा दुई तिहाई । प्रदेश नम्बर दुई बाहेक सबै प्रदेशमा एमाले र माकेले सरकार बनाउन सक्छन् ।

राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर बढेको विवादले एमाले र माकेलाई सिंहदरवारको चावी हात परेको छैन । सात पटक प्रधानमन्त्री बन्ने सपना बोकेर चुनावमा गएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरवारको चावी छोडेका छैनन् ।

एमाले र माकेको पूर्व सहमति र नेताहरुका पछिल्ला अभिव्यक्तिले अबको प्रधानमन्त्री एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित नै छ । गत बैशाख १२ को भन्दा ठूलो राजनीतिक भूकम्प आएन भने अबको प्रधानमन्त्री ओली नै हुन् । पार्टी एकतामा कुरा नमिले भूकम्प नआउला भन्न पनि सकिदैन ।

पार्टी एकताबारे दुबै पार्टीका दोस्रो तहका नेताहरुबीच छलफल भएपनि ओली र प्रचण्डले भने त्यसमा औपचारिक कुराकानी गरेको देखिदैन । आज वा भोली त्यसबारे कुरा हुने बताइएको छ । बाहिर आएका कुरालाई आधार मन्ने हो भने एमालेले पहिला सरकार त्यसपछि पार्टी एकता बताएको छ भने माकेले दुबै सँगसँगै । अझ त पार्टी एकताको सम्पूर्ण खाका तयार भएपछि मात्रै सरकारको विषयमा छलफल गर्ने उसले औपचारिक निर्णय नै गरेको छ ।

जुन रंग र रुपको भएपनि नेपालमा कम्युनिस्टको पक्षमा बहुमत आएको भारतलाई चित बुझेको छैन । भारतीय कुटनीतिज्ञहरुले ओली असल मित्र भएको भन्दै पूरानो सम्बन्धबारे बाहिर ल्याउने प्रयास गरेका छन् । प्रधानमन्त्री भएको बेला भारतले गरेको नाकाबन्दीमा ओलीको अडानलाई भारतले एउटा विन्दुमा जवाफ दिनु छ ।

त्यो बेला भनेको प्रधानमन्त्री भएसँगै नेपालमा लोडसेडिङ गरेर भारतले त्यसको बदला लिन सक्छ । त्यसको लागि भारत आपूर्ति भइरहेको विजुलीलाई कटौती गरेमात्रै पनि केही दिन नेपालमा लोडसेडिङ हुन्छ । त्यसको दोष ओलीलाई जान्छ । ढल्केबर मुजफ्फरबाट आपूर्ति भइरहेका विजुलीको सम्झौता पनि सकिनै लागेको छ । त्यो नविकरणमा गरेर केही दिनको लागि बन्द गरेमात्रै काठमाडौँ लगायत केही ठाउँमा अहिलै लोडसेडिङ हुन्छ । बुधबार बस्नुपर्ने नेपाल–भारत ऊर्जा सचिवस्तरिय बैठक पनि बस्न सकेन । नेपाली टोली तयार भएपनि भारतीय पक्षले वास्ता नगरेका बैठक बस्न नसकेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । “हामी बैठकको लागि तयार थियौं तर भारतीय पक्षले वास्ता नगरेका कारण बस्नुपर्ने बैठक बस्न सकेन । यो राम्रो संकेत होइन” मन्त्रालय स्रोतले भन्यो । ऊर्जामन्त्री कमल थापाले चाँसो नदेखाएका कारण पनि बैठक बस्न नसकेको हो ।

एमाले र माओवादी केन्द्रको सरकार भएसँगै लोडसेडिङ गर्नेगरि एउटा टोली तयारीमा लागेका छ । प्रधानमन्त्री र ऊर्जामन्त्रीकै सल्लाहअनुसार उक्त टोलीले भारतीय सुत्रसँग पनि छलफल गरिरहेको छ । उक्त टोलीमा मन्त्रालयकै केही अधिकारीसँगै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेश काफ्ले पनि सहभागी छन् ।

यसबारे एमाले र माओवादी केन्द्र निटक केही कर्मचारीले पनि सुइको पाएको बताइएको छ । उनीहरुले गोप्य रुपमै अनुसन्धान पनि सुरु गरेका छन् । मन्त्रालयमा कार्यरत नेपाली काँग्रेस निकट कर्मचारी र काफ्लेका गतिविधिलाई नजिकबाट नियालीरहेका छन् । यो थाहा पाएपछि सोमबारदेखि काफ्लेसहितको टोली सतर्क भएको बताइएको छ । मंगलबार र बुधबार भएका भेटाघाट र छलफलबारे एमाले र माकेका कर्मचारीले थाहा पाउन सकेका छैनन् । उनीहरुले यसबारे आ-आफ्नो पार्टीका केही नेताहरुलाई नियमित जानकारी समेत गराइरहेका छन् ।

विकल्प

प्रधानमन्त्री भएको पहिलो भ्रमण भारत गर्नेलगायतका केही विषय भारतले अगाडि सारेको छ । त्यसमा सहमत भएपछि ढल्केबर मुजफ्फरको आपूर्ति भइरहेको विद्युतलाई नियमित गर्ने विकल्प भारतीय पक्षले ओलीलाई संकेतबाट खबर पठाइसकेको बताइएको छ ।

एमाले-माकेको सरकार बनेपछि चीनसँगको सम्बन्ध बढ्ने र आफ्नो खुम्चिने भारतको डर छ । त्यो नगर्ने शर्तमा ओली नेतृत्वमा बन्ने सरकारसँग पनि राम्रो सम्बन्ध राख्ने भारतले विदेश मन्त्रालयमार्फत संकेत गरिसकेको छ । यता ओलीले प्रधानमन्त्री नबल्दै केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्ने र त्यहीबाट चिनियाँ रेल ल्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *