टी–ट्वान्टी क्रिकेटमा भैरहवा विजयी

काठमाडौँ पुस ६ 

टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भैरहवा ग्ल्याडियर्टसले ललितपुर प्याट्रियटसलाई पराजित गर्दै जित हात पारेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

यसअघि भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १४२ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्र बनायो ।

पुनित विष्टले सर्वाधिक ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ३१, आरिफ शेखले २७, कप्तान शरद भेषवाकारले १३ तथा हरिशंकर शाहले १० रन जोडे ।

एक बलमा एक रन चाहिएको अवस्थामा भैरहवाका कृष्ण थापाले चौका प्रहार गरी आफ्नो टोलीको जित सुनिश्चित गरे ।

दिपेश श्रेष्ठ र आरिफ शेखले समान ३–३ विकेट लिए भने पुनित विष्टले दुई तथा कप्तान शरद भेषवाकारले एक विकेट झारे ।

ललितपुरका लागि भारतीय बलर योगेश नागरले दुई तथा सुबोध भाटी, सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

भारतीय खेलाडी योगेश नागरले सर्वाधिक ५४ रन जोडे पनि कप्तान ज्ञानेन्द्र मल्ल ४२, जयकिसन कोल्सावाला १४, राजवीर सिंह ८, कुशल भुर्तेल ४ तथा मेहबुब आलम २ रनमा बाहिरिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *