
भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् ।
मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ । भारतीय बैंकले डिसेम्बर १५ तारिखभित्र कागजात बुझाउन सूचना जारी गरेको छ ।
भारतीय नागरिकको पनि नागरिकतासँगै आधारकार्ड लगायतका पहिचान खुल्ने कागजात खोजेको छ । नेपाली नागरिकलाई नागरिकतासँगै मतदाता परिचयपत्र मागेको छ ।
मासिक रुपमा निकासा हुने भए पनि उनीहरुले चार÷पाँच महिनाको फरकमा भारतीय बैंकबाट झिक्ने गरेका थिए ।
परिचयपत्र नहुँदा खाता नवीकरण गर्न नसकेको भारतको बंगाल प्रहरीबाट सेवा निवृत्त दशरथचन्द– ७ का रामदत्त बडूकी श्रीमती कमलादेवी बडूले बताइन् ।
प्रदेश नं ७ का बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भारतीय सेना र प्रहरीबाट पेन्सन सुविधा लिने दुई हजारभन्दा बढी मानिसहरु रहेका छन् ।
मतदाता परिचयपत्र नबुझाएसम्म पेन्सन रोकिने जिल्ला सैनिक बोर्डले जनाएको छ । निर्वाचन आयोग भने निर्देशन पाएपछि मात्रै मतदाता नामावली संकलन कार्य हुने बताएको छ ।
Leave a Reply