९ पुस, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताए ।
प्रतिष्ठानको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागि परेका छौँ ।”
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच छिट्टै एकता हुने र साना वाम दललाई पनि समाहित गरिने बताए ।
Leave a Reply