
सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ ।
ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह थालिएको छ । दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताइएको छ ।
एडिबीका अनुसार स्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरुको सम्पर्क स्थापना हुने बताइएको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गरे ।
दसासेक अन्तर्गतको ऊर्जा प्रणाली विस्तार परियोजनामा एडिबीका साथै नेपाल सरकारले लगानी गरेको थियो ।
सूर्य र हावाबाट बिजुली उत्पादन गर्न परियोजनामा करिब एक अर्ब ६२ करोड लगानी भएको थियो । दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ ।
Leave a Reply