
प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका दुई महिला विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा विना मगर र प्रदेशसभा सदस्यमा देवकी मल्ल विजयी भएका हुन् ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेश सभा सदस्यका ३२ स्थान रहेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वाम गठबन्धनकी उम्मेदवार विना मगर ३८ हजार चार सय ६७ मत ल्याई विजयी भएकी हुन् ।
नेपाली का“ग्रेसका उम्मेदवार दिवानसिंह विष्ट भन्दा विनाले १९ हजार २ सय ४८ बढी मत प्राप्त गरी विजयी भएकी हुन् । विष्टले १९ हजार दुई सय १९ मत प्राप्त गरेका थिए ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा दुई महिलाले स्वतन्त्र उम्मेदवार रहेका थिए । स्वतन्त्र उम्मेदवार रुपादेवी विष्टले ९८ र निरादेवी शाहीले ३१ मत मात्र प्राप्त गरे ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली का“ग्रेसका तर्फबाट उम्मेदवार रहेकी नेता डाक्टर आरजु राणा देउवा चार हजार आठ सय ८० मतान्तरले पराजित भइन् । सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना २७ हजार दुई सय दुई मतसहित विजयी भएका थिए ।
त्यस्तै, कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार रहेकी पूर्व सांसद गीता राणा क्षेत्रीले पनि पराजय भोगिन् । उनले दुई हजार आठ सय २१ मत प्राप्त गरेकी छन् ।
सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट ३१ हजार तीन सय ५१ मतसहित विजयी भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी मिना चौधरी फराकिलो मतान्तरले पराजित भइन् । पूर्व सभासद समेत रहेकी मीनाले तीन हजार एक सय ७० मत प्राप्त गरेकी थिइन् ।
सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारु विजयी भएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी राज्यलक्ष्मी चौधरीले जम्मा एक सय ५६ मत प्राप्त गरेकी थिइन् । सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामी विजयी भएका छन् ।
त्यस्तै बझाङ् निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कल्पना भण्डारी पनि पराजित भएकी छिन् ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने महिलाको संख्या ५ प्रतिशत रहे पनि विजयी दुई जना मात्र भए ।
त्यस्तै, प्रदेश सभा सदस्यमा पनि ७ नम्बर प्रदेशबाट एक जना महिला उम्मेदवार विजयी भएकी छन् । बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल (थापा) विजयी भएकी हुन् ।
सात नम्बर प्रदेशका नौ वटै जिल्लाका अन्य क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका महिलाहरूले पराजय व्यहोर्नु परेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘क’ मा नेपाली का“ग्रेसकी उम्मेदवार जीवन राना पनि पराजित भइन् ।
बझाङ प्रदेश ‘क’ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्रादेवी जोशी वाम गठबन्धनका उम्मेदवार अर्जुनबहादुर थापासँग पराजित भएकी थिइन् । महिलाखबरबाट
Leave a Reply