चिया खेतीका लागि माटो परीक्षण गराउन आग्रह

काठमाडौँ । चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सञ्चालन भएको छ ।

चियाखेतीको प्रसस्त सम्भावना रहेको भोजपुरमा माटोको परीक्षण नहुँदा किसानलाई खेती गर्न समस्या भएकोेले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका आनुसार जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

सबै किसानलाई आयोजकले आफ्नो माटो परीक्षण गराउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *