रिफ्लेक्ट सर्कलका महिलाहरु करेसाबारीबाटै जीविकोपार्जन गर्दैै

समताखबर
  २८ मंसिर २०७४, बिहीबार ११:१०

डोटीका महिलाहरु आत्मनिर्भर बन्नका लागि तरकारी खेतीमा जुट्न थालेका छन् । श्रीमान् वा घरमूलीप्रति आश्रित यहाँका महिलाहरु पछिल्लो समय स्वाबलम्बि बन्नका लागि तरकारी खेतीमा लागेका हुन् । रिफ्लेक्ट सर्कलमा आबद्ध महिलाहरु करेसाबारीमा तरकारी खेती गरेर जीविकोपार्जन गर्ने गरेका छन् ।

एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्र्तगत गठन गरिएको रिफ्लेक्ट सर्कलका बिपन्न परिवारका महिलाहरु करेसाबारीमा तरकारी खेती गरेर अहिले आत्मनिर्भर बन्न  थालेका हुन् । करेसाबारीमा प्रसस्त तरकारी फलेपछि उनीहरूले अन्य जमिनमा पनि ब्यवसायीक रुपमा तरकारी खेती गरिरहेका छन् ।

तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि दैनिक घर खर्च चलाउन सजिलो भएको दिपायल सिलगढी नगरपालिका ७ पाकरी कोईरेलीकी धनादेबी बिष्टले बताईन् । गरिबीका कारण भारतमा चौकीदारी गर्दै आएका श्रीमानले पठाएको घरखर्चको भरमा जिविकोपार्जन गर्दै आएको आफूहरु तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेको पाकरीकै देवा बिष्टले बताईन् ।
श्रीमानले ईन्डियामा रातभर चौकीदारी गरेर कमाएको पैसाले घरखर्च टार्नसमेत धौधौ पर्ने र बालबच्चालाई पढाउन समेत गाह्रो भएका कारण आफू तरकारी खेतीमा लागेको उनको भनार्इ छ ।

नजिकैको सिलगढी बजारमा तरकारी बेचेर घर खर्च र बालबच्चालाई शैक्षिक सामाग्री किन्न सहयोग पुगेको उनले बताईन् । अब श्रीमानसँग खर्च माग्नुपर्ने अवस्था छैन, तरकारी बेचेर बचत समेत गरेको उनले बताईन् । पाकरीका महिलाहरुले एक बर्षदेखि निरन्तर रुपमा करेसाबारी र थोरै जमिनमा तरकारी खेती गर्दै आएका छन् ।

करेसाबारीको तरकारीको एक सिजनको आम्दानी पन्ध्र हजारभन्दा बढी नै हुन्छ । यहाका महिलाहरुले बर्षमा तरकारी बेचेर तीस हजारसम्म आम्दानी गर्ने गरेका छन् । पाकरीमा तरकारी खेती गर्दैआएका महिलाले उत्पादन गरेको तरकारी दैनिक सिलगढी बजारमा बिक्रि गर्ने गरेका छन् ।

पाकरीका महिलाहरु प्रतिनिधि पात्रमात्रै हुन् । मुडेगाउँ,मुडभरा,कपल्लेकी,दुर्गामाण्डौं,भुमिराजमाडौंका रिफ्लेक्ट सर्कलमा आबद्ध महिलाहरु पनि तरकारी खेतीमा संलग्न रहेको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम प्रबन्धक महेश परियारले बताए । महिलाहरुलाई आत्मनिर्भर बनाई उनिहरुको जिविकोपार्जनमा सहज होस भन्ने उदेश्यले स्थानीय अधिकार कार्यक्रम संचालन गरिएका कार्यक्षेत्रका २४ वटै रिफ्लेक्ट सर्कलमा एकघर एक करेसाबारी अभियान संचालन गरिएको कार्यक्रम प्रबन्धक परियारले बताए । अभियान अन्र्तगत तरकारी खेती तालिम र उन्नत जातका तरकारीका बिउहरु सहयोग तथा तरकारी खेतीका लागि सिंचाईको ब्यवस्थाका लागि पानीको टंकि निर्माण,प्लाष्टिक पाईप सहयोग र टर्नेल निर्माण सहयोग  गरेको कार्यक्रम प्रबन्धक परियारले बताए । परियारका अनुसार महिलाहरुले तरकारी खेती गरेर घरखर्च र छोराछोरीलाई पढाइखर्च पु¥याइ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *