गाउँपालिकाको भवन निर्माण गर्न जग्गादान

समताखबर
  ६ पुष २०७४, बिहीबार ०६:४२

नुवाकोट जिल्लामा शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले १ करोड ६१ लाख बराबरको जग्गा दिएका छन् ।

नरेश र दिनेश महतले वडा नंं ५, महाकालीको शेराबगरस्थित मध्यपहाडी लोकमार्गसँग जोडिएको स्थानमा २ रोपनी ३ आना जग्गा उपलब्ध गराएका हन् ।

प्रतिआना ३ लाखमा कारोबार भैरहेको जमिनको मूल्य १ करोड ५ लाख बराबर रहेको अधिकृत श्रीकृष्ण पौडेलले बताए ।

दुई भाईले हजुरबुबा स्व महेन्द्रबहादुर महतको स्मृतिमा गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराएको बताए ।

१५० मिटरको दूरीमा पर्ने गाउँपालिकाले आर्थिक व्यवस्थापन गरी कार्यालय भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

यस्तै अन्य कार्यालय सञ्चालन गर्न गणेशप्रसाद पौडेलले सात आना, दलबहादुर कार्कीले पाँच आना, शिव पोखरेलले आठ आना र सीताराम आचार्यले आठ आना जमिन निः शुल्क उपलब्ध गराएका छन् ।

भिन्दाभिन्दै कित्तामा रहेको जग्गा प्रतिआना २ दुई लाखको दरमा कारोबार हँुदैछ । बजार मूल्य ५६ लाख बराबर हुने जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

स्वामित्व हस्तान्तरणसम्बन्धी कागजात जिल्ला मालपोत कार्यालय र नापी कार्यालयबाट पूरा भैकेको गाउँपालिका कार्यालयको नाममा जग्गा धनी प्रमाणपत्र निर्माणको प्रक्रियामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *