१०० वर्ष पुग्न लागेको आवसरमा राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा अबको केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुकोे सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उनले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए ।

उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *