
७ पुस, कपिलवस्तु । कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ तौलिहवामा मैनबत्ती जुलुस गरिएको छ ।
युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए ।
गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले राजधानीका लागि उचित जिल्ला रहेको भन्दै प्रदर्शन गरेका थिए ।
राजधानी बनाउने विषयमा तीव्र विवाद रहेकोे दाङ र बुटवलमा विकल्प कपिलवस्तु नै भएकाले प्रादेशिक राजधानीको माग गरेका छन् ।
Leave a Reply