
काठमाडौँ । मलेसियामा पहिलो पटक थारु माघी महोत्सव तथा बार्षिक उत्सव हुँदैैछ ।
रोजगारीको सिलसिलामा नेपालभन्दा बाहिरा मलेसियामा मात्र करिब ८ लाख नेपालीहरु रहेकामध्ये थारु युवाहरु एकजुट भै माघी महोत्सव मनाइँरहेका छन् ।
प्रवासी थारु सेवा समाज मलेसियाको प्रमुख आयोजनामा पहिलो पटक “थारु माघी महोत्सव तथा बार्षिक उत्सव कार्यक्रम २०७४ तथा “ नयाँ बर्ष सन् २०१८ जनवरी महिनाको १५ तारिखका दिन मलेसियाको क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा महोत्सव हुनेतय भएको छ ।
कार्यक्रममा प्रवेश गर्नको लागी टिकटको ब्यवस्था गरिएको छ ।
संस्थापक अध्यक्ष तथा अहिलेका संरक्षक आर एन चौधरी थारुका अनुसार थारु समुदायका युवाहरु मलेसियामा कार्यरत रहे पनि अहिलेसम्म थारु जातिको कला,संस्कृति ,भेषभुषा,पहिचानलाई चिनाउन सक्ने खालको कार्यक्रमको आयोजना हुन सकेको छैन ।
थारु समुदायको पहिलो साँस्कृतिक कार्यक्रम आयोजना हुन गैरहेकाले बढी भन्दा बढी दर्शकहरु उपस्थिति हुन सक्ने अनुमान गरिएको बताइएको छ ।
यसको लागी थारु मात्र नभई नेपालीको नाताले कार्यरत रहेका सबै नेपालीहरुको उपस्थिति बढी भन्दा बढी हुने आपेक्षा गरिएको छ ।
नेपालबाट आउने श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरी तथा कार्यक्रमका विशेष अतिथि नेपालबाटै आउने संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री जनकराज चौधरी संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गर्ने छन् ।
महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु खानाको परिकारको फ्रि ब्यवस्था, कलाकार तथा युवा नेता दिपक चौधरी, नयाँ जेनेरेशनका थारु गायक,गायिका,मोडेल,डान्सर राज कुश्मी, अन्जु कुश्मी लगायतको उपस्थिति हुने बताइएको छ ।
मलेसियामा रहेका चर्चित स्थानीय कलाकारहरु रमित तामाङ,अभिनाष तामाङ,सरिता तामाङ,सुबिना तामाङ ,हिदम तामाङ ,कोष बोम्जन,राज तामाङ लगायतको जोड्दार प्रस्तुति रहने छ ।
कार्यक्रमका प्रायोजकमा प्रदेशी रेष्टुरेन्ट एण्ड प्रदेशी धमाका , रेष्टुरेन्ट मण्ड्ला र सहयोगी संस्थाको रुपमा थारु साहित्यम लौव युवा फाउन्डेसन मलेसिया ,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया रहेका छ्न ।
Leave a Reply